सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

सोलुखुम्बुमा भरुवा बन्दुकले आफ्नै पेटमा हान्दा एकको मृत्यु

  • प्रभाब न्युज
  • प्रदेश १
  • प्रकाशित मिति : सोमवार, बैशाख २, २०७६


सोलुखुम्बुमा भरुवा बन्दुकले आफ्नै पेटमा हान्दा एकको मृत्यु

सोलुखुम्बु – सोलुखुम्बुको माप्य दुधकोशी गाउँपलिका-४ डाँडागाउँमा आइतवार भरुवा बन्दुकले आफ्नै पेटमा हान्दा एक युवकको मृत्यु भएको छ । अपरान्ह ५ बजे घरमा कोही नभएको समयमा असारमान राईको छोरा बर्ष २० को सुमन राईले आफ्नै कोठामा रहेको भरुवा बन्दुकले आफ्नै पेटको नाईटो मुनि गोली हानेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

गोलीले लागेर गम्भीर घाईते भएका राईलाई उपचारको लागि जिल्ला अस्पताल फाप्लु लैजाने क्रममा गए राती साढे १ बजे बाटोमा नै मृत्यु भएको हो भने शव परिक्षणको लागि सोही अस्पताल पठाईएको उक्त कार्यालयले जनाएको छ । उक्त भरुवा बन्दुक
प्रहरीको नियन्त्रणमा राखिएको छ ।

प्रकाशित मिति : सोमवार, बैशाख २, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology