मैत्रीपूर्ण फुटबल प्रतियोगितामा प्रेस संगठन नेपाललाई हराउँदै नेपाल प्रेस युनियन खोटाङ विजयी

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ – नयाँ बर्ष २०७६ को अवसरमा प्रेस संगठन नेपाल र नेपाल प्रेस युनियन खोटाङबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल प्रेस युनियन विजयी भएको छ । प्रेस युनियनले प्रेस संगठनलाई २ का विरुद्ध ३ गोल गर्दै विजयी प्राप्त गरेको हो ।

दिक्तेलस्थित माटिकोरे खेलमैदानमा आईतबार दिउँसो भएको प्रतियोगितामा पहिलो हापमा युनियनले संगठनलाई ३ गोल गरेको थियो । पहिलो हापमा १ गोल पनि नगरेको संगठनले दोस्रो हापमा २ गोल गरेको थियो । युनियनले पहिलो हापमा गरेको ३ गोल नै निर्णायक बनेपछि युनियन विजयी भएको हो ।

जिल्लाको पत्रकारितालाई स्वच्छ, निर्भिक, ब्यवसायिक तथा मर्यादित बनाउन सन्देश दिने उद्धेश्यले नयाँ वर्षको अवसरसंगै मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिएको नेपाल प्रेस युनियन खोटाङका अध्यक्ष उत्तम चौलागाँईले बताए ।

दिक्तेल रुपाकोट मझुवाढी नगरपालिकाको प्रायोजनमा भएको मैत्रीपूर्ण फुटवल प्रतियोगिता १ घण्टा संचालन भएको थियो । मैत्रीपूर्ण फुटवल प्रतियोगिताको लागि सेतो जर्सीमा प्रेस संगठन नीलो जर्सीमा प्रेस युनियन मैदानमा उत्रिएका थिए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालको प्रमुख आतिथ्यतमा मैत्रीपूर्ण फुटवल प्रतियोगिता भएको हो ।

प्रतियोगितका लागि नेपाल सितोरियो कराँते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले एक थान फुटवल प्रेस संगठन नेपाल र नेपाल प्रेस युनियनलाई संयूक्तरुपमा प्रदान गर्नुभएको छ । खेलाडीका लागि पारागन सहकारी संस्था लिमिटेडले जुसको व्यवस्थापन गरेको थियो । नयाँ वर्षसंगै सृजनात्मक काममा लाग्नुपर्छ भन्दै दुवै संगठनले खेलमैदान सफा समेत गरेका थिए ।