बुधबार, अशोज १, २०७६
Prabhav News

खोटाङका गायक तथा संगीतकार दिपेश राईले लिएर आए ‘साम्दुङ’



खोटाङका गायक तथा संगीतकार दिपेश राईले लिएर आए ‘साम्दुङ’

प्रभाव न्यूज डटकम  संवाददाता, खोटाङ – खोटाङका गायक तथा संगीतकार दिपेश राईको चाम्लिङ राई भाषाको एल्बम ‘साम्दुङ’ बिमोचन गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका युवा गायक तथा संगीतकार राईको ‘फोप्ती’, ‘साम्दुङ’, ‘होसुङ’ र ‘बुइछोर’ बोलको चार वटा गीत समेटिएको एल्बम ‘साम्दुङ’ शनिबार काठ्माण्डौंको फलैंचा रेष्टुरेन्ट चावहिलमा बिमोचन गरिएको हो । सितिमी फिल्मस् प्रालिले आयोजना गरेको कार्यक्रममा समाजसेवी जनकराज राई, गायक तथा सङ्गीतकार डक्टर किरात, किरात राई खेलकुद संघका अध्यक्ष महेन्द्र राई र किरात राई चाम्लिङ खाम्बातिमका उपाध्यक्ष चन्द्रा चाम्लिङले संयुक्तरुपमा सोलो म्यूजिक एल्बम विमोचन गरेका हुन् ।

सितिमी मासिकका सम्पादक तिलक चाम्लिङ, जीवनजित राई, रोदुङ किरातीको शब्द रहेको एल्बममा दिपेश राई, विनिता राई, नरेन्द्र राई र नेहारिका राईको स्वर सुन्न सकिन्छ ।
चाम्लिङ भाषामै कार्यक्रम सञ्चालन

चाम्लिङ भाषाको एल्बम ‘साम्दुङ’ बिमोचन कार्यक्रम भएकाले सिंगो कार्यक्रम चाम्लिङ भाषामै सञ्चालन गरिएको थियो । अतिथिकारुपमा उपस्थित युवा नेता राजुबिक्रम राई, द्वारसिं राईलगायतले पनि चाम्लिङ भाषामै सम्बोधन गरेका थिए । कतिलाई भाषा बुझ्न कठीन भए पनि जीवनजित राई र विमला राईको दमदार प्रस्तुतिले कार्यक्रम रोचक बनेको थियो ।
गायक÷गायिकाले चाम्लिङ भाषाकै गीत गाएका थिए । सङ्गीतकार डक्टर किरातले ‘साका ओमा चापुई’ गीत गाएका थिए भने गायिका रश्मी राईले ‘साम्खाछौवा’ बोलको गीत गाएकी थिइन् । कार्यक्रमका समाजसेवी राईले चाम्लिङ भाषाको चलचित्र पनि बनाउन आग्रह गरे ।

सितिमी युटुव च्यानल सुरु

सितिमी फिल्मस् प्रालिले अफिसियल युटुब च्यानल सुरु गरेको छ । गौतम मणि ‘निनाम्बुवाँछा’ले गाएको ‘लिम्चुङबुङ’ गीत बजाएर ‘सितिमी युटुब च्यानल’ औपचारिक रुपमा सुरु गरिएको हो । रकम रोदुङको ‘लिम्चुङबुङ’ गीतमा दिपेश राईको सङ्गीत रहेको छ ।

प्रकाशित मिति : आइतवार, चैत्र १७, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology