बिहिबार, अशोज २, २०७६
Prabhav News

ससुराले गरे बुहारीमाथी खुकुरी प्रहार, बुहारी गम्भीर घाइते

  • प्रदेश १
  • प्रकाशित मिति : आइतवार, चैत्र १७, २०७५


ससुराले गरे बुहारीमाथी खुकुरी प्रहार,  बुहारी गम्भीर घाइते

प्रभाव न्यूज डटकम संवाददाता, उदयपुर – उदयपुरको बेलका नगरपालिका–२ बाँधडाँडामा ससुराको खुकुरी प्रहारबाट बुहारी गम्भीर घाइते भएकी छिन् ।
स्थानीय सितुमान राईले ३० वर्षीया बुहारी चन्दा राईलाई घरायसी विवादका क्रममा खुकुरी प्रहार गरेका थिए ।
घाइते चन्दालाई उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । खुकुरी प्रहार गर्ने सितुमानलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते भएकी चन्दाको टाउको तथा शरिरका विभिन्न भागमा गहिरो चोट लागेको छ । घाइते चन्दाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख चन्द्रदेव राईले बताए ।

प्रकाशित मिति : आइतवार, चैत्र १७, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology