बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

ओखलढुङ्गा जीप दुर्घटनामा ज्यान गुमाएका सवैको सनाखत



ओखलढुङ्गा जीप दुर्घटनामा ज्यान गुमाएका सवैको सनाखत

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ – सोलुखुम्बुबाट यात्रु लिएर काठमाडौंका लागि छुटेको जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । ओखलढुंगाको मानेभन्ज्याङस्थित भडारेखोलामा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको हो । दुर्घटनामा तीन जना घाइते भएका छन् ।
बा १६ च २२०७ नम्बरको जीप सडकबाट खसेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सोलुखुम्बुका ५५ वर्षीय मिङ्मा शेर्पा, ४५ वर्षीय साङगेल शेर्पा, नुर्वु शेर्पा, ङवाङ शेर्पा रहेका छन् भने डोमा र नुमा शेर्पाको पनि घटनास्थलमै ज्यान गएको ओखलडुंगा प्रहरीले जनाएको छ ।
घाइतेलाई प्राथमिक उपचार घुर्मिमा भइरहेको छ । जीप सोलुदुधकुण्ड नगरपालिका २ जुनवेशी गुम्बाबाट छुटेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : आइतवार, चैत्र १७, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology