खोटाङको सालपा विकास बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु

जन्तेढुङ्गा गाउँपालिकामा रहेको सालपा विकास बैंकमा सामाजिक सुरक्षा भत्ता लिदै एक बृद्धा । तस्विर : प्रभाव न्यूज

उत्तम चौलागाँई, खोटाङ – खोटाङको सालपा विकास बैंकले सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकाको वडा नम्बर–५ चिसापानीमा बैंकले बैंकिङ कारोबारमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो ।

गाउँपालिकाको कार्यालय र वडा कार्यालयसंग समन्वय गरि बैंकले सवै किसिमका भत्ता बैंकिङ कारोबारमार्फत वितरण तथा सेवाग्राहीले पाउँने रकम खातमा जम्मा हुने गरि सेवा सुचारु गरेको बताईएको छ ।

मुलुकमा स्थानीय तह आउँनु अघि तत्कालिन गाविस सचिव र स्थानीय तह आएपछि नगरपालिका, गाउँपालिका तथा वडा कार्यालयबाट सेवाग्राहीका हात–हातमा सामाजिक सुरक्षा भत्ता वितरण भईरहेको वेला वडा कार्यालयले पारदर्शीतताको लागि सवै किसिमका सामाजिक सुरक्षा भत्ताको कारोबार बैंकमार्फत सुरु गराएको हो ।

वडा नम्बर–५ भीत्रका सामाजिक सुरक्षा भत्ता पाउँने सेवाग्राहीहरुको विवरणसहित एकमुष्ट रकम बैंकको खातमा जम्मा गरिदिएको र कागजी काम वडा कार्यालयले गरेर रकम भुत्तानी दिनु भनेपछि बैंकले सम्बन्धित मानिसलाई भुत्तानी दिने गरि व्यवस्था मिलाईएको वडाध्यक्ष रामकुमार श्रेष्ठले बताए ।

वडा कार्यालयसंगको सहकार्यमा बैंकले सामाजिक सुरक्षा भत्ताका सेवाग्राहीलाई खाता खोलाएर खातामार्फत सेवा प्रवाहा गराएको सालपा विकास बैंक केन्द्रिय कार्यालय दिक्तेलका विभागीय प्रमुख दिपकर राईले जानकारी दिए । उनले भने, ‘सेवाग्राहीले सवैभन्दा पहिला खाता खेल्नुप¥यो त्यसपछि वडा कार्यालयले सेवाग्राहीले पाउँने पैसा दिन भनेर पत्र पठाएपछि हामीले चेकमार्फत उनीहरुलाई पैसा दिने गरेका छौ, त्यो संगै चेक साटिदिने तथा व्यक्तीको खातामा जम्मा गरिदिने गरेका छौं ।’

जनप्रतिनिधिहरुले हात–हातमा लगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दा पारदर्शितता नहुने तथा कतिपय अवस्थामा सामाजिक सुरक्षा भत्ता लिने व्यक्तिको मृत्यु भईसकेको अवस्थामा पनि आफन्तले हरेक वहाना बनाएर भत्ता लिईरहेको गुनासो आईरहेको वेला बैकले चेकमार्फत कारोबार सुरु गरेको छ ।

सामाजिक सुरक्षा भत्ता लिने सवै व्यक्तिको विवरण राखेर त्यसको आधारमा पैसा दिने व्यवस्था मिलाएको हो । सामाजिक सुरक्षा भत्ता लिने व्यत्तिको मृत्यु भएको र सेवा लिईरहेको भेटिए उसले पाउने सेवा सुविधा सरकारलाई फिर्ता गराईने समेत बैंकले बताएको छ ।

एक नेपाली एक खाता भनेर सरकारले ल्याएको नीति अनुशार जिल्लामा पहिलो पटक वडा कार्यालयमार्फत बैंकले सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको छ ।
गाउँपालिकामा रहेको बैंकको पाँचौ शाखाले १२ वटा भन्दी बढी रेमिट सेवा, आाकर्षक व्याजदरमा निक्षेप, कृषि लोन, लघुवित्तलगायतका सेवा प्रदान गरिरहेको छ ।