ठुलो मुल्यको रिचार्ज कार्ड चोरी गरेर फरार रहेका यूवा पक्राउ

खोटाङ – रिचार्ज कार्ड चोरी गरी फरार रहेका एक किशोर पक्राउ परेका छन् । एनटिसी, एनसेल र डिस होमको रिचार्ज कार्ड चोरी गरेर फरार रहेका ऐंसेलुखर्क गाउँपालिका–२ वाकाचोलका १९ वर्षीय संजिब राई पक्राउ परेका हुन् ।

गत फागुन २९ गते सोही स्थानका स्थानीय व्यापारीले गाडीमार्फत काठमाण्डौबाट ऐंसेलुखर्क ल्याउदै गरेको १ लाख ६५ हजार ५ सय रुपैयाँ बराबरको रिचार्ज कार्ड चोरी गरेर फरार रहेका राईलाई बुधबार रिचार्ज कार्डसहित घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक राज कुमार केसीले जानकारी दिनुभयो ।

चोरी गरेपछि उनले २ हजार ३ सय बराबरको रिचार्ज कार्ड प्रयोग गरेको छ । प्रयोग गरेको रिचार्ज कार्ड असुली सहित पक्राउ परेका राई विरुद्ध कानुनी कारवाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।