परीक्षा स्थगित भएपछि तोडफोड गर्दै यसरी उत्रिए विद्यार्थी प्रदर्शनमा

वीरगञ्ज– एसईई परीक्षा अन्तर्गत शुक्रबार हुने सामाजिक विषयको परीक्षा प्रदेश २ मा स्थगित भएपछि विद्यार्थीहरू आक्रोशित भएका छन्। सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा नियन्त्रण कार्यालले शुक्रबार हुने परीक्षा स्थगित गरेको थियो।

सरकारले आफूहरूको भविष्यमा खेलबाड गर्न खोजेको भन्दै विद्यार्थीहरूले प्रदेश २ को जनकपुर, वीरगञ्ज, सप्तरी, धनुषालगायत जिल्लामा प्रदर्शन गरिरहेका छन्।

परीक्षा स्थगित भएपछि वीरगञ्जका विद्यार्थीहरूले सडकमा उत्रिएर बजार क्षेत्रका सडक बत्ति होडिङ बोर्ड, सडकका रेलिङ तोडफोड गर्दै सडकमा ल्याएर जलाएका छन्। उनीहरूले सडकमा टायरसमेत बालेर प्रदर्शन गरेपछि प्रहरीले दुई राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको थियो। विद्यार्थीहरूले विहान ७ बजेबाट प्रदर्शन गरिरहेका छन्।