सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

प्रश्नपत्र पहिल्यै सार्वजनिक भएपछि प्रदेश दुईमा आज पनि परीक्षा स्थगित



प्रश्नपत्र पहिल्यै सार्वजनिक भएपछि प्रदेश दुईमा आज पनि परीक्षा स्थगित सांकेतिक तस्विर

काठमाडौं – जारी रहेको एसईई परीक्षामा चरम लापरवाही देखिएको छ । लापरवाहीकै कारण प्रश्नपत्र पहिला नै सार्वजनिक भएका कारण प्रदेश २ मा आज हुन लागेको सामाजिक विषयको परीक्षा स्थगित भएको छ । यसअघि विज्ञान विषयको पनि प्रश्नपत्र बाहिरिदा परीक्षा स्थगित भएको थियो ।

प्रश्नपत्र पहिले नै सार्वजनिक गर्नुमा ‘ठूलै गिरोह’ भएको हुन सक्ने आशंका गरिएको छ । त्यसैले काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्यूरोको टोली जनकपुर जाने भएको छ । प्रदेश २ का डीआईजी हरि पालले प्रश्नपत्र बाहिरिएको विषयमा अनुसन्धान जारी रहेको जानकारी दिए ।

प्रहरीसँग भएका सबै प्रश्नपत्र सुरक्षित भएको भए पनि कहाँबाट भयो भन्नेबारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।

आज हुन लागेको परीक्षाको प्रश्नपत्र बिहीबार नै सामाजिक सञ्जाल र पसलहरुमा छ्याप्छ्याप्ती पारिएको थियो । आज स्थगित परीक्षा चैत २३ गते हुने बताइएको छ । नियमित तर्फको परीक्षा स्थगित भएपनि एक्जाम्टेडतर्फको भने कायमै रहेको बताइएको छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र १५, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology