सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

प्रभाव न्यूजको प्रभाव : जन्तेढुङ्गा गाउँपालिकामा अख्तियार छिर्यो



प्रभाव न्यूजको प्रभाव : जन्तेढुङ्गा गाउँपालिकामा अख्तियार छिर्यो

उत्तम चौलागाँई, खोटाङ – खोटाङको जन्तेढुंगा गाउँपालिकाले अलग-अलग उपभोक्ता समितिमार्फत काम गर्नु / गराउनुपर्नेमा ११ वटा योजनाका लागि एउटा उपभोक्ता समिति गठन गरेर काम गरेको पाईएपछि आवश्यक विवरणसहित राय प्रतिक्रिया पठाउँन अख्तियारले पत्र पठाएको छ ।

उपभोक्ता समिति गठन निर्देशिका विपरित एउटा उपभोक्ता समितिमार्फत २८ लाख ५० हजारको ११ वटा योजना सञ्चालन गरेर काम सुरु गरेको समाचार खोटाङ जिल्लाबाट संचालनमा रहेको प्रभाव न्यूज डटकम अनलाईन पत्रिका र काठमाडौंबाट प्रकाशित हुने नागरिक राष्ट्रिय दैनिकलगायतका संचारमाध्यममा प्रकाशित प्रशारित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ईटहरीले गाउँपालिकालाई पत्र पठाएको हो ।

अख्तियारले गाउँपालिकालाई ११ वटा सडक योजनाको कार्य गर्न किन दिईयो?, ११ वटा योजना संचालनका लागि एउटै उपभोक्ता समिति किन गठन गरियो ?, योजनाको छुट्टा–छुट्टै लागत अनमान र कामको विवरण ७ दिनभीत्रमा अख्तियारको कार्यालय ईटहरीमा बुझाउँन पत्राचार गरेको छ ।

११ वटा योजनाको कार्य गर्न एउटै उपभोक्ता समितिलाई दिन मिल्छ की मिल्दैन? छानविन गरि गाउँपालिकाको कार्यालयको रायसहितको प्रतिवेदन र सो कार्यको लागत, स्टिमेट, सम्झौता, उपभोक्ता समिति, गठनको निर्णय, कार्य मुल्याङ्कन, कार्य सम्पन्न प्रतिवेदन, गोश्वारा भौचर, सामाजिक लेखा परिक्षण र अनुगमन समितिको निर्णयसमेत ७ दिन भीत्रमा पेश गर्न भन्दै गाउँपालिकालाई अख्तियारले पत्राचार गरेको हो ।

खोटाङको जन्तेढुंगा गाउँपालिकालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ईटहरीले पठाएको पत्र

जन्तेढुंगा गाउँपालिकाको वडा नम्बर–५ चिसापानी बजारमा रहेको कार्यापालिकाले ११ सडक योजनाका लागि एउटै उपभोक्ता समिति गठन गरेर कार्य सुचारु गरेपछि गाउँपालिकाका स्थानीयले चौतर्फी विरोध गरेका थिए ।

छुट्टा–छुट्टै उपभोक्ता समिति गठन गर्नुपर्नेमा गाउँपालिका कार्यापालिकाको कार्यालयले नीति नियम विपरित वडा कार्यालयमार्फत एउटै उपभोक्ता समिति निर्माण गरेर काम अघि बढाउँन निर्णय पास गरेको थियो ।

बाँजगरादेखि काभ्रे कृषि सडक (३ लाख), जुम्ल्याहाडाँडादेखि कार्कीभञ्ज्याङ कृषि सडक (१ लाख ३ हजार), घोडेडाँडा फोक्तुङ सडक ट्र्याक (२ लाख), भीरगाउँ(कार्कीगाउँ (१ लाख ५० हजार), डिहीडाँडादेखि भानुमती दोभान सडक बिस्तार (१ लाख ५० हजार) बजेटमा गाउँपालिकाले एउटै उपभोक्ता समिति निर्माण गरेर योजना संचालन गर्न लगाएको थियो ।
यस्तै, सुरुङखेले–हुम्मापोखरी सडक (१ लाख ४० हजार), खर्क(पाथीभरा सडक मर्मत (३ लाख ५० हजार), डाँडाखर्क(मार्से कृषि सडक निर्माण (१ लाख), मालबासे(काजीधारादेखि बस्नेतबीच टोल कृषि सडक (१ लाख ३० हजार, पार्टीगैरादेखि काभ्रेखोला सडक स्तरोन्नती (४ लाख)को काम जीवन तामाङको अध्यक्षतामा बनेको उपभोक्ता समितिलाई जिम्मा दिइएको थियो ।
नाकेपानी–सुरुङ्खेले सडक स्तरोन्नतीका लागि सडक बिभागमार्फत प्राप्त भएको ८ लाख बजेट समेत सोही उपभोक्ता समितिमार्फत सञ्चालन प्रकृया अघि बढाएकोे थियो ।
गाउँपालिका अध्यक्ष शंकर राईले भने हरेक उपभोक्ता समितिको खाता खोल्दा तीन हजारका दरले लाग्ने शुल्क बचाउनका लागि एउटा मूल उपभोक्ता समितिमार्फत काम अघि बढाउने निर्णय गरिएको बताउँदै आएका छन् ।

प्रभाव न्यूज डटकम अनलाईन पत्रिकामा ११ योजनाको बनाईयो एउटा उपभोक्ता समिति भन्ने समाचार गत फागुन ३० नै गते प्रकाशित भएको थियो । तर, अख्तियारको कार्यालयले भने, चैत्र ३ गते नागरिक दैनिकमा प्रकाशित समाचारलाई मात्र आधार बनाएर पत्र पठाएको पाईएको छ ।

प्रभाव न्यूज डटकम अनलाईन पत्रिकामा ११ योजनाको बनाईयो एउटा उपभोक्ता समिति भन्ने समाचार प्रकाशित भएपछि चैत्र ३ गते नेपाली कांग्रेस जन्तेढुङ्गा गाउँपालिका कार्य समितिले कांग्रेसका खोटाङ जिल्ला सभापतिलाई समाचारका विषयमा घोर भत्र्सना गर्दै पत्र पठाएको थियो । समितिले प्रभाव न्यूज डटकम अनलाईन पत्रिकालाई समाचार सच्याउँन भन्दै विज्ञप्ती पठाएको थियो ।

कांग्रेस जन्तेढुङ्गा गाउँपालिका कार्य समितिले समाचारको विषयलाई लिएर नेपाल प्रेस युनियन खोटाङलाई मान्यता नदिने तथा युनियनका पदाधिकारीलाई कारवाही गर्न समेत माग गरेको थियो ।

प्रभाव न्यूज डटकम अनलाईन पत्रिकामा समाचार प्रकाशित भएपछि नेपाली कांग्रेस जन्तेढुङ्गा गाउँपालिका कार्य समितिले निकालेको विज्ञप्ती

प्रभाव न्यूज डटकम अनलाईन पत्रिकामा समाचार प्रकाशित भएपछि नेपाली कांग्रेस जन्तेढुङ्गा गाउँपालिका कार्य समितिले कांग्रेसका खोटाङ जिल्ला सभापतिलाई समाचारका विषयमा घोर भत्र्सना गर्दै पठाएको पत्र

प्रभाव न्यूज डटकममा प्रकाशित भएका समाचारहरु :

जन्तेढुङ्गा गाउँपालिकामा वेथिति : कमिसनको खेलमा ११ योजनाको बनाईयो एउटा उपभोक्ता समिति

कर्मचारी विवाह खान गएपछि गाउँपालिकाको कामकाज ठप्प

प्रकाशित मिति : मङ्लबार, चैत्र १२, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology