बिहिबार, भदौ ५, २०७६
Thursday, Aug 22, 2019
Prabhav News

स्वास्थ्यमा सुधार भएपछि कांग्रेस पूर्वमहामन्त्री सिटौला अस्पतालबाट डिस्चार्ज



स्वास्थ्यमा सुधार भएपछि कांग्रेस पूर्वमहामन्त्री सिटौला अस्पतालबाट डिस्चार्ज

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई अस्पतालले डिस्चार्ज गरेको छ । स्वास्थ्य अवस्थामा सुधार आएपछि धुम्बराहीस्थित ह्याम्स अस्पतालले उनलाई मंगलबार बिहान डिस्चार्ज गरेको हो । स्वास्थयमा देखिएको समस्या उपचार पश्चात निको भएपछि नेता सिटौलालाई अस्पतालले घर फिर्ता पठाएको उनका निजी सचिव किरण सिटौलालले जानकारी दिए ।

रगतमा हेमोग्लोविनको मात्रामा कमी देखिएपछि नेता सिटौलालाई गत शुक्रबार अस्पतालमा भर्ना गरिएको थियो । उनलाई आईसियूमा राखेर उपचार गरिएकोे थियो ।

नेता सिटौलाको स्वास्थ्य लाभको कामना गर्दै शुभेच्छुकहरुले गत आइतबार उनी उपचारत अस्पतालमै रक्तदान गरेका थिए । ‘दुःख बाँडौं, सुख साटौं’ नारा दिएर आयोजना गरिएको रक्तदान कार्यक्रममा एक सय सात जनाले रगत दान गरेका थिए ।

प्रकाशित मिति : मङ्लबार, चैत्र १२, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology