सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

उदयपुर र सिरहाबाट लागू औषध सहित तीन जना पक्राउ



उदयपुर र सिरहाबाट लागू औषध सहित तीन जना पक्राउ

उदयपुर – उदयपुर र सिरहामा लागू औषध सहित तीन जना पक्राउ परेको छ । उदयपुरको त्रियुगा नगरपालिका ४ स्थित बगाहा सालघारी र सिरहाको बरियारपट्टी गाउँपालिकाबाट दुई जना गरी तीन जना लागूऔषधसहित पक्राउ परेका छन् ।

सोमबार बगहा सालघारी चोकमा स.२ प ४८२५ नम्बरको मोटर साइकल चेकजाँचको क्रममा लागूऔषधसहित त्रियुगा नगरपालिका ९ बस्ने २६ वर्षिय रंजन बस्नेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मधु कुमार थापाले जानकारी दिए । बस्नेतको साथबाट १५ बोतल डाइलेक्स डिसी फेला पारी मोटरसाइकल सहित नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिए ।

यस्तै सिरहाको बरियारपट्टी गाउँपालिका ४ तेनुवापट्टीबाट उदयपुर कटारी नगरपालिका ६ की १८ वर्षिया अपिस थापा र मिर्चैया नगरपालिका ७ बस्ने २७ वर्षिय अनिल यादवलाई लागूऔषध सहित पक्राउ परेको छ । पक्राउ पर्नेको साथबाट नाइट्रोभेट ३० ट्याब्लेट, स्पास्मो÷प्रोक्सिभन १८ थान र डाइलेक्स डि.सी. २० बोतल सहित पक्राउ परेको प्रहरीले जानकारी दिए ।

प्रकाशित मिति : सोमवार, चैत्र ११, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology