दिक्तेल क्याम्पसमा आधारभुत उपचार तालिम सञ्चालन

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ – खोटाङको दिक्तेल बहुमुखी क्याम्पसले आधारभुत प्राथमिक उपचार तालिम सञ्चालन गरेको छ । क्याम्पसले आफ्ना विद्यार्थीलाई सहभागी गराएर आईतबार र सोमबार शैक्षिक संस्थामा आधारित आधारभुत प्राथमिक उपचार तालिम आयोजना गरेको हो ।

बिभिन्न दैबी प्रकोप तथा बिपत्तीका समयमा घाईते भएका सर्वसाधारणको उद्धार तथा जीवन बचाउका लागि हेल्थ केयर एण्ड नेचर सेल र युथ रेडक्रस सर्कल दिक्तेल क्याम्पसको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

तालिममा सहभागी विद्यार्थीलाई प्राकृतिक प्रकोप, विपद व्यवस्थापन, विपत्तीमा परेका सर्वसाधारणको उद्धार, प्राथमिक उपचार, आकस्मिक दुर्घट्नाका समयमा अपनाउनुपर्ने सावधानी, सामान्य चोटपटकमा औषधोपचार लगायतका विषयमा सैद्धान्तिक एबं व्यवहारिक ज्ञान प्रदान गरिएको दिक्तेल बहुमुखी क्याम्पस हेल्थ केयर एण्ड नेचर सेलका संयोजक लिलाबहादुर खत्रीले बताए ।

तालिममा सहभागीलाई रेडक्रसकी लोकमायाँ थापाले सहजीकरण गरेको आयोजकले जनाएको छ ।