बिहिबार, भदौ ५, २०७६
Thursday, Aug 22, 2019
Prabhav News

खाना पकाउने सिलिण्डर ग्यास विस्फाेट हुँदा दुई जनाको मृत्यु, दुई बेपत्ता



खाना पकाउने सिलिण्डर ग्यास विस्फाेट हुँदा दुई जनाको मृत्यु, दुई बेपत्ता

सिन्धुपाल्चोक – केही समय अगाडी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित शिवश्री हाइड्रो पावरको भान्सामा एलपी ग्यासको सिलिण्डर विस्फोट भएको छ । बिस्फोटमा २ जनाको मृत्यु भएको छ । हाइड्रो पावरमा कार्यरत मजदुरले खाजा पाकाउँदा सोमबार अपराह्न ४ : ४५ बजे सिलिण्डर विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मुकुन्द मरासिनीले जानकारी दिए ।

मरासिनीका अनुसार सिलिण्डर विस्फोट पछि २ जना मजदुर बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य जारी छ । भारी वर्षाका कारण हराएकाहरुको खोजीमा कठिनाइ भइरहेको एसपी मरासिनीले खबरहबलाई जानकारी दिए । मृत्यु भएकाको नाम भने खुल्न बाँकी छ ।

प्रकाशित मिति : सोमवार, चैत्र ११, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology