रातो माटो लिन गएकी महिलाको ढिस्कोले पुरिएर मृत्यु

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ  – माटोको ढिस्कोले पुरिएर खोटाङको साकेला गाउँपालिका–४ मात्तिम हुपापुकी ३५ वर्षीय तारा खड्काको मृत्यु भएको छ । घर पोत्ने रातो माटो लिनका लागि डेढ घण्टा टाढा पर्ने साकेला गाउँपालिका–५ मात्तिमस्थित कामीसरा पुगेकी खड्काको ढिस्कोले पुरिएर सोमबार मृत्यु भएको हो ।

ढिस्कोमा पुरिएकी खड्काको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए । ढिस्कोले पुरिए लगत्तै आफन्तले बाहिर निकाले पनि उनको मृत्यु भइसकेको स्थानीयले बताएका छन् ।