नेकपाको दिप्रुङ-चुईचुम्मा गाउँपालिकमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ –  नेपाल कम्युनिष्ट पार्टीले पालिकास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ । नेपाल कम्युनिष्ट पार्टी दिप्रुङ चुईचुम्मा गाउँपालिकाले डाँडागाउँमा संगठन सुदृढीकरणका लागि कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको हो ।

स्थानीय तहका जनप्रतिनिधि र पार्टीवीचको सम्बन्ध तथा नेकपाको वर्तमान अवस्थाको बारेमा पूर्व नेकपा एमालेका उपाध्यक्ष राम प्रसाद दंगालले कार्यकर्ताहरुलाई प्रशिक्षित गराउँनु भएको बताईएको छ ।

कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथिसमेत रहनु भएका दंगालले २१औं शताब्दीको विश्व राजनीतिक शक्तिको आड र भरोसामा रहेकाले त्यही अनुशार विश्व परिचालन भईरहेको जानकारी गराउँनु भएको छ ।

खोटाङ जिल्ला पनि राजनीतिक हस्तक्षेप वा पर्यावरण भन्दा टाढा रहन नसकेको र राजनीतिक कार्यकर्ताहरु आफु चेतनाले स्पष्ट भएमात्र राजनीतिक धार र राज्यको विकासमा प्रत्यक्ष रुपमा लम्किन सकिने दंंगालले बताउँनु भएको छ ।

दंगालले दिप्रुङ चुईचुम्मा गाउँपालिकामा नेकपा पराजित भए पनि गाउँपालिकामा आएको बजेट, त्यसको सही कार्यान्वयन र त्यसको परिणाम बारेमा अनुगमन गर्दै वास्तविक परिणाम बारेमा जनताहरुलाई सचेत गराउन सकेमा निश्चय नै जनताहरुको सेवा गरेको ठहर हुने बताउँनुभयो ।

कार्यक्रममा दंगालसहित नेकपाका यूवा नेता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मृयर दिपनारायण रिजाल, पूर्व माओवादीका नेता दिपक पाण्डे, शिबराज राई, नरेश राई, कमल ढकाल, लोकेन्द्र राई लगायतका नेताहरुको उपस्थिति रहेको बताईको छ ।