खोटाङ कांग्रेस नेतृ सरस्वती वजिमयले किन भेट्दैछिन् गाउँ-गाउँमा गएर कार्यकर्ता ?

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ – नेपाली कांग्रेस खोटाङकी महासमिति सदस्य तथा नेतृ सरस्वती वजिमय यतिवेला गाउँ–गाँउमा गएर कार्यकर्ता भेटघाटमा व्यस्त बनेकी छन् । संघीय संसदको चुनाव भएपश्चात जिल्लाका नेताहरु कमै मात्रामा गाउँमा गएर कार्यकर्ता भेटिरहेको वेला वजिमय भने गत चैत्र –४ गतेदेखी कार्यकर्ता भेटघाटमा व्यस्त बनेकी हुन् ।

वजिमले बराहापोखरी गाउँपालिकाको बराहापोखरी, साउँनेचौर, सुन्तले, फाक्टाङ र मौवाबोटेका कार्यकर्तासंग भेटघाट गरेकी छन् । वजिमय चैत्र ७ गते पौवासेराका कांग्रेस सभापति लालबहादुर मगरको श्रद्धान्जली सभामा समेत सहभागी भएकी छिन् ।

संघीय संसदको चुनावमा खोटाङ जिल्लाबाट प्रतिनिधि सभाको सदस्यमा लडेकी वजिमय तत्कालिन नेकपा एमाले र पूर्व माओवादीको एकताका कारण चुनावमा पराजित भएकी थिईन् । चुनावमा पराजित भएपछि आफ्ना कार्यकर्तासंग फोन सम्पर्क र विभिन्न कार्यक्रममा सहभागी भएपनि कार्यकर्तासंग भेटघाटमा भने गएकी थिईनन् । चुनावका समयमा मात्र नेतालाई कार्यकर्ता चाहिने यथार्तताई तोड्दै वजिमयले यतिवेला कार्यकर्तालाई चुनाव आफुहरुले नहारेको भन्दै निराश नहुन सावन्तना बाडिरहेकी छन् ।

वजिमयले जन्तेढुङगा गाउँपालिकाको दिप्लुङ, काहुले र बोपुङका कार्यकर्तासंग पनि भेटघाट गरेकी छन् । वजियमले जिल्लाको दक्षिणी क्षेत्र जोड्ने मुख्य द्धारकोरुपमा रहेको सुनकोसी नदिस्थित बंसिलाघाटमा बन्ने पक्की पुलको सर्वेका भईरहेको समयमा निरीक्षणसमेत गरेकी छन् ।

वजिमयले आज जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी र डम्बर्खुशिवालयका कार्यकर्तासंग भेटघाट तथा अन्र्तक्रिया गर्ने भएकी छन् । भोलीदेखी खोटेहाङ गाउँपालिकाका कार्यकर्तासंग भेटघाट गर्ने भएकी छन् ।

एउटा आवधिक निर्वाचन सकिएपछि अर्को निर्वाचन नआउन्जेल पार्टी, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकको आडभरोसा प्राय नेताहरु आवश्यक ठान्दैनन् । यति समयमा वजिमय भने ‘मिसन’ बनाएर कार्यकर्तासंग भेटघाट र अन्र्तक्रिया गरिरहेकी छन् ।

वजिमय २०७० सालमा भएको चुनावको पूर्व सांसद हुन् । खोटाङ प्रदेश ‘ख’ का नेता तथा कार्यकर्तासंग भेटघाट गरिसकेपछि वजिमयले प्रदेश ‘क’ का नेता कार्यकर्तासंग भेटघाट गर्ने कार्यक्रम रहेको बताईएको छ ।