सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

नेकपा खोटाङले सवै स्थानीय तहमा भागबण्डामा बनायो एकता, कसले पायो कहाँको नेतृत्व ?



नेकपा खोटाङले सवै स्थानीय तहमा भागबण्डामा बनायो एकता, कसले पायो कहाँको नेतृत्व ?

प्रभाव न्यूज डटकम / खोटाङ – नेपाल कम्युनिस्ट पार्टी खोटाङले जिल्लाका १० वटै स्थानीय तहमा एकता प्रकृया टुङ्याएको छ । ६ अध्यक्ष पूर्व एमालेलाई र ४ अध्यक्ष पूर्व माओवादीलाई तथा ६ सचिव पूर्व माओवादीलाई र ४ सचिव पूर्व एमालेलाई बाँडफाँड गरेर एकता प्रकृया टुङयाएको हो ।

नेकपाका अनसार हलेसी तुवाचुङ नगरपालिकामा पूर्व एमालेका सुरेन्द्रकुमार राईलाई अध्यक्ष र पूर्व माआवादीका गोपाल दाहाललाई सचिव, ऐसेलुखर्क गाउँपालिकामा पूर्व एमालेका प्रशु राई अध्यक्ष र पूर्व माओवादीका राजेन्द्र भण्डारी सचिव, रावाबेँसी गाउँपालिकामा पूर्व एमालेका बलराम रिजाल अध्यक्ष र पूर्व माओवादीका राजन मगर सचिव, साकेला गाउँपालिकामा पूर्व एमालेका फूलकुमार राई अध्यक्ष र पूर्व माओवादीका मोहन खत्री सचिव, जन्तेढुंगा गाउँपालिकामा पूर्व एमालेका यामकुमार राई अध्यक्ष र पूर्व माओबादी बद्री किरात सचिव, बराहपोखरी गाउँपालिकामा पूर्व एमालेका दीर्घ मगरलाई अध्यक्ष र पूर्व माओबादीका ताराकान्त राईलाई सचिव बनाउने सहमति भएको छ ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पूर्वमाओवादी केन्द्रका बिसन राईलाई अध्यक्ष र पूर्व एमालेका गोपालचन्द्र आचार्यलाई सचिव, केपीलासगढी गाउँपालिकामा पूर्व माओवादीका कामकाजी राईलाई अध्यक्ष र पूर्व एमालेका डिगबहादुर गुरुङ सचिव, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा पूर्व माओवादीका राजेन्द्र राईलाई अध्यक्ष र पूर्व एमालेका कृष्ण कार्की सचिव तथा खोटेहाङ गाउँपालिकामा पूर्व माओवादीका राजन ढकाललाई अध्यक्ष र पूर्व एमालेका विकास राईलाई सचिव बनाउने टुंगो लगाईको नेकपा खोटाङले जनाएको छ ।

७५ सदस्यीय गाउँपालिका कमिटी र ८१ सदस्यीय नगर कमिटीका लागि अध्यक्ष र सचिवसहित ५ जनाको कार्यालय टिम बनाएर एकता प्रक्रिया टुंग्याइने नेकपाले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, चैत्र ९, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology