सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

संखुवासभामा दुई जनाको हत्या



संखुवासभामा दुई जनाको हत्या

संखुवासभा – खाँदबारी नगरपालिका–११ मा छोराले बाबुको हत्या गरेका छन् । खाँदबारी–११ खाइसोङ गाउँमा काइँला छोरा सञ्जय राईले बिहीबार ६२ वर्षीय बुबा भुवनसिंहको हत्या गरेको वडाध्यक्ष नगेन्द्र गुरुङले जानकारी दिए । हत्यामा संलग्न सञ्जय फरार छन् ।

यस्तै मकालु गाउँपालिका–४ मा स्थानीयवासीको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । कुटपिटबाट मकालु–४ का ५० वर्षीय लेले भोटेको मृत्यु भएको हो ।

भोटेले गत फागुन १७ गते सोही गाउँकी ४९ वर्षीया हेममाया राईलाई हातपात गर्न खोजेको विषयलाई लिएर स्थानीयवासीले उनलाई कुटपिट गरेका हुन् ।

उनको बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र ८, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology