सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

चतराधाममा आयोजना हुने कुम्भ मेलाको निमन्त्रणा गर्न जगत गुरु खोटाङमा



चतराधाममा आयोजना हुने कुम्भ मेलाको निमन्त्रणा गर्न जगत गुरु खोटाङमा

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ -आगामी चैत्र २३ गतेदेखि २०७६ बैशाख २४ गतेसम्म एक महिनासम्म बराहक्षेत्र चतराधाममा सञ्चालन हुने अर्ध कुम्भ मेलाको प्रचार/प्रसार तथा निम्ता दिन जगत गुरु खोटाङ आउँनुभएको छ । नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगद गुरु अनन्त श्री विभूषित वाल सन्त मोहनशरण देवाचार्य महाराजश्रीले मेलाको अवसरमा पबित्र कौशिकी गंगामा हुने विशेष कुम्भ स्नानमा सहभागी भई कुम्भ स्नान गर्न सम्पुर्ण भक्तजनहरुमा अनुरोध तथा निम्ता गर्दै उहाँ खोटाङ आउँनुभएको हो ।

समुन्द्र मन्थनपछि प्राप्त अमृत पिण्डबाट निर्मित पिण्डेश्वर महादेवको स्थापना गरि स्वयं भगवान बिष्णुले नेपालको चतराधामस्थित कोशी किनारमा शुरु गर्नुभएको कुम्भ मेला समयान्तरमा लुप्त हुन पुगेपछि शास्त्रीय प्रमाणको आधारमा मेला लाग्दै आएको छ ।

कुम्भ मेलाको लागि खोटाङको सदरमुकाम दिक्तेलस्थित जिल्ला समन्वय समितिको समिक्षालय हलमा भोली विहान १० बजे कार्यक्रमको आयोजना गरिएको स्थानीय छत्रकुमार बजिमयले जानकारी दिनुभयो ।

प्रकाशित मिति : बिहिबार, चैत्र ७, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology