बिहिबार, भदौ ५, २०७६
Thursday, Aug 22, 2019
Prabhav News

जीप पल्टिँदा चालकसहित चार घाइते



जीप पल्टिँदा चालकसहित चार घाइते

भोजपुर – सदरमुकाम नजिकै बिहीबार जीप पल्टिँदा चालकसहित अन्य चारजना यात्रु घाइते भएका छन्। भोजपुर नगरपालिका- ९ काफ्लेस्थित दिङलाबाट भोजपुर सदरमुकाम आउँदै गरेको को १ ज २२६७ नम्बरको बोलेरो जीप अनियन्त्रित भई दुर्घटना हुँदा चार घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा जीप चालक खोटाङ केपिलासगढी गाउँपालिकाका २५ वर्षीय निरकुमार राई, जीपमा सवार षडानन्द नगरपालिका, १० साङपाङका ३६ वर्षीया सरिता तामाङ्ग, सोही ठाउँका २७ वर्षीया रञ्जिता तामाङ्ग, ७ वर्षीय निङमा तामाङ र भोजपुर नगरपालिका-४ सिद्धेश्वरका २४ वर्षीय गणेश खडका घाइते भएको प्रहरीले जनाएको छ।उनीहरुको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

प्रकाशित मिति : बिहिबार, चैत्र ७, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology