बिहिबार, भदौ ५, २०७६
Thursday, Aug 22, 2019
Prabhav News

जनमत पार्टीले दल दर्ताको प्रक्रिया सुरु गर्दै



जनमत पार्टीले दल दर्ताको प्रक्रिया सुरु गर्दै

काठमाण्डाै – सिके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया सुरु गरेको जनाएको छ । हिजो र अस्ति सिरहाको लाहानमा भएको राष्ट्रिय परिषदको बैठक लगत्तै जनमत पार्टीले दल दर्ता प्रक्रिया सुरु गरेको हो ।

होली लगत्तै आयोगमा निवेदन दिने सो पार्टीका नेता जयकान्त राउतले जानकारी दिनुभयो । सरकारसंग फागुन २४ गते ११ बुँदे सम्झौता गरेको तत्कालिन स्वतन्त्र मधेश गठबन्धनले परिषद बैठकबाट पार्टीको नाम, झण्डा र निर्बाचन चिन्ह तय गरेको थियो ।

आयोगमा दल दर्ताका लागि आवश्यक विधान, घोषणा पत्र, पार्टीको छाप, राजनैतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको केन्द्रीय स्तरको समितिका सदस्य तथा अन्य पदाधिकारीको विवरणसंगै अन्य प्रक्रियाको काम अघि बढेको राउतको भनाई छ ।

प्रकाशित मिति : मङ्लबार, चैत्र ५, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology