सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

उदयपुरमा गोरुले लात्ती हान्दा एकको मृत्यु



उदयपुरमा गोरुले लात्ती हान्दा एकको मृत्यु

उदयपुर – उदयपुरमा गोरुले लात्ती हान्दा एक जनाको आइतबार दिउँसो मृत्यु भएको छ । जिल्लाको कटारी नगरपालिका ५ भोर्लेमा घरमै पालेको गोरुले लात्तीले हान्दा घर मालिकको ५० वर्षिय तिर्थ बहादुर तामाङको मृत्यु भएको छ ।

मृतकको घरमै पालेको गोरु फुकाउने क्रममा गोरुले लात्ती हानी गम्भिर घाइते भएका थिए । घाइते तामाङको उपचारको क्रममा विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्र देव राईले जानकारी दिए । तामाङको शव पोष्टमाटको लागि कटारी अस्पतालको शव गृहमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : आइतवार, चैत्र ३, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology