सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

ससफो समन्वय समिति खोटाङको अध्यक्षमा थापा



ससफो समन्वय समिति खोटाङको अध्यक्षमा थापा

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ- सङ्घीय समाजबादी फोरमको जिल्ला समन्वय समिति गठन गरिएको छ । आईतबार साँझ सम्पन्न भेलाले टंक थापाको अध्यक्षतामा ३९ सदस्यीय समन्वय समिति गठन गरिएको हो ।

जिल्लाका वडा तथा पालिका कमिटिका प्रतिनिधि सम्मिलित बैठकले यसअघि सङ्घीय समाजबादी फोरमको जिल्ला उपाध्यक्ष रहेका थापालाई समन्वय समितिको अध्यक्ष चुनेको हो । समन्वय समितिको उपाध्यक्षमा पिके खम्बू, सचिवमा देवकुमार राई, सह–सचिवमा टिकाराम राई र कोषाध्यक्षमा सावित्रा राई चयन भएको सङ्घीय समाजबादी फोरमले जनाएको छ ।

प्रकाशित मिति : आइतवार, चैत्र ३, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology