बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

दोर्पाचिउरीडाँडामा जेठ दोश्रो साताबाट साकेला सिली प्रतियोगीता



दोर्पाचिउरीडाँडामा जेठ दोश्रो साताबाट साकेला सिली प्रतियोगीता साँकेतिक तस्वीर

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ-  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आगामी जेठ दोश्रो साता साकेला सिली प्रतियोगीता सञ्चालन गरिने भएको छ । किरात राई यायोक्खा प्रारम्भिक कमिटि दोर्पाचिउरीडाँडाले आगामी जेठ १३ र १४ गते साकेला सिली प्रतियोगीताको तयारी गरेको हो । किरात राईको प्रमुख चाड साकेलामा नाचिने साकेला सिली लोपोन्मुख बन्दै गएकाले सिलीको संरक्षण र प्रवद्र्धनका लागि प्रतियोगीता गर्न लागिएको किरात राई यायोक्खा प्रारम्भिक कमिटिका अध्यक्ष सिताराम राईले बताए ।
४ दिनसम्म सञ्चालन हुने साकेला सिली नाच प्रतियोगीताका प्रथम, दोश्रो र तेश्रो हुने समुहलाई क्रमशः नगद १ लाख, ७५ हजार र ५० हजार प्रदान गरिने आयोजक किरात राई यायोक्खा प्रारम्भिक कमिटिले जनाएको छ ।

प्रकाशित मिति : आइतवार, चैत्र ३, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology