बिहिबार, अशोज २, २०७६
Prabhav News

डढेलो बस्तीमा छिर्दा खोटाङमा ७ घर जलेर नष्ट



डढेलो बस्तीमा छिर्दा खोटाङमा ७ घर जलेर नष्ट माक्पाको जंगलमा लागेको डढेलो

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ – एउटा जंगलबाट सुरु भएको डढेलो बस्तीमा छिर्दा खोटाङमा ७ घर जलेर नष्ट भएको छ । स्थानीय गढीथुम्का र कासेघडेरी सामुदायिक वनबाट सुरु भएको भिषण डढेलो बस्तीमा छिर्दा रावाबेँसी गाउँपालिका-५ दुबेकोलस्थित घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अभिकेसर पाण्डे र भीम पाण्डे तथा ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका तोमबहादुर निरौला र पहलमान निरौलाको घर तथा गोठ जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो ।

सम्वन्धित गाउँपालिकाका अनुशार क्षतीको विबरण आउन बाँकी रहेको छ । डढेलो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीय खटिएका छन् ।

रावाबेँसी गाउँपालिकाभित्रको डढेलो पूर्णरुपमा ननिभे पनि खतरा टरेको रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताउनुभयो । गढीथुम्का र कासेघडेरी सामुदायीक वनबाट फैलिँदै ऐसेलुखर्क गाउँपालिका–७ माक्पाको लेवा क्षेत्रमा पुगेको डढेलो भने नियन्त्रण बाहिर गरेको ऐसेलुखर्क गाउँपालिका प्रमुख बिश्वनाथ निरौलाले बताउँनुभयो ।

यस्तै, स्थानीय गैरीखेत सामुदायिक वनबाट सुरु भएको डढेलोले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका विद्याकुमार राईको घर तथा दुई वटा मतान जलेको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारको धनमुडा चयनपुर सामुदायिक  वनमा लागेको डढेलो पनि नियन्त्रण बाहिर गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र १, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology