सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

अपडेट :आगोले खोटाङका दुई गाउँपालिकामा निम्त्यायो प्रलय, हावाहुरीका कारण नियन्त्रणमा कठिनाई



अपडेट :आगोले खोटाङका दुई गाउँपालिकामा निम्त्यायो प्रलय, हावाहुरीका कारण नियन्त्रणमा कठिनाई फाईल तस्विर

उत्तम चौलागाँई, खोटाङ- खोटाङ जंगलबाट सुरु भएको आगलागी नियन्त्रणमा लिन कठिनाई भएको बताईएको छ । खोटाङको रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित गढीथुम्का तथा कासेघडेरी सामुदायिक वनबाट सुरु भएको भिषण डढेलो घलेगाउँमा छिरेपछि अहिले हावाहुरीका कारण आगो नियन्त्रण लिन कठिनाई भएको स्थानीयले बताएका छन् ।

जंगलबाट गाँउ पसेको आगोले रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अविकेसर पाण्डे र भीम पाण्डेको घर जलिसकेको बताईएको छ ।

डढेलोले ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका तोमबहादुर निरौला र पहलमान निरौलाको घर समेत जलिसकेको छ । डढेलोले अन्य घर समेत जोखिममा परेका रावाबेँसी गाउँपालिकाका प्रमुख लिलानाथ निरौलाले बताए ।

‘आगोले एकदमै प्रलय निम्त्याएको छ, अरु घर समेत जोखिममा परेको छ, अध्यक्ष निरौलाले भने, ‘ऐसेलुखर्कबाट सेना र प्रहरी झिकाएर निभाउने प्रयास भइरहेको छ ।’
अध्यक्ष निरौलाका अनुशार जंगलमा लागेको डढेलो पहिला नियन्त्रण नगरे अन्य बस्तीमा समेत खतरा हुने भएकोले अग्नी रेखा बनाएर डढेलो नियन्त्रण गर्ने कार्य पनि भईरहेको छ ।

दुबेकोलस्थित गढीथुम्का तथा कासेघडेरी सामुदायिक वनबाट सुरु भएको डढेलो चिन्डेश्वर हुँदै हङखोला तरेर माक्पाको लेवा पुगेको ऐसेलुखर्क गाउँपालिका प्रमुख बिश्वनाथ निरौलाले बताएबम छन् । जनप्रतिनिधि, सेना, प्रहरी र स्थानीयवासी आगो नियन्त्रणमा लागिरहेको बताईएको छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र १, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology