बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

वार्तामा आए विप्लवलाई रातो कार्पेट ओछ्याएर सरकारले स्वागत गर्छ : मन्त्री बाँस्कोटा



वार्तामा आए विप्लवलाई रातो कार्पेट ओछ्याएर सरकारले स्वागत गर्छ : मन्त्री बाँस्कोटा

काठमाण्डौ – सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई वार्ताबाटै समस्या समाधान गर्न आग्रह गरेको बताएको छ ।
फागुन १३, १५, १९ र २६ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले शान्तिपूर्ण वार्ताबाटै निकास चाहेको बताउनुभयो ।
मन्त्री बाँस्कोटाले विप्लव नेतृत्वको पार्टीलाई नभै उसका आपराधिक गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाएको पनि स्पष्ट पार्नुभयो । हिंसा र ज्यादतिको उन्माद सैह्य नभएको साथै आपराधिक क्रियाकलामा संलग्न जोसुकैलाई पनि सरकारले सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत रहेर कारबाही गर्ने पनि उहाँले बताउनुभयो ।
विप्लव नेतृत्वको नेकपालाई हातहतियार बुझाउन सरकारकाे ३५ दिने अल्टिमेटम
सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन समूहसँग गरिएको सहमतिको प्रसंग निकाल्दै सञ्चार मन्त्री बाँस्कोटाले विप्लवलाई पनि त्यस्तै स्वागत गर्न सरकार आतुर रहेको बताउनुभयो ।
विप्लव नेतृत्वको नेकपालाई पटक–पटक वार्ताका लागि पहल गर्दा पनि बेवास्ता गरेको बताउँदै मन्त्री बाँस्कोटाले अझै पनि वार्तामा आए रातो कार्पेट नै ओछ्याएर नै स्वागत गर्ने बताउनुभयो ।
मन्त्री बाँस्कोटाले कुनै पनि राजनीतिक समस्याको समाधान वार्ता र छलफलबाटै होस् भन्ने सरकारले चाहेको पनि बताउनुभयो ।

प्रकाशित मिति : शुक्रबार, चैत्र १, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology