बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

प्रदेश १ मा विप्लव नेतृत्वको बन्दको प्रभाव, लामो दूरीका सवारीसाधन ठप्प

  • प्रभाब न्युज
  • प्रदेश १
  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ३०, २०७५


प्रदेश १ मा विप्लव नेतृत्वको बन्दको प्रभाव, लामो दूरीका सवारीसाधन ठप्प

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव प्रदेश १ मा आंशिक रुपमा परेको छ । कार्यकर्ता पक्राउको विरोधमा विप्लव समूहले आह्वान गरेका बन्दका कारण प्रदेश १ का १४ जिम्लामा आंशिक प्रभाव परेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

विहान छिटफुट रुपमा लामा दुरीका सवारी चले पनि १० बजेदेखि भने लामा तथा छोटा दुरीका सवारी साधन चलेको छैन । प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक रबिकुमार पौडेलले छोटा दुरीका साना गाडी चले पनि ठूला गाडी नचलेको जानकारी दिए ।

बन्दका कारण विराटनगरबाट पनि लामा दुरीका सवारी छुटेका छैनन् । विराटनगरबाट धरान, काकारभिट्टा जाने बस बसपार्कमा रोकिएका छन् ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन ३०, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology