बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

दमकमा विवाहबाट आउँदै गरेको जीप तोडफोड

  • प्रभाब न्युज
  • प्रदेश १
  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ३०, २०७५


दमकमा विवाहबाट आउँदै गरेको जीप तोडफोड

झापा – झापाको दमकमा को १ च ४७६० नम्वरको जीपमा तोडफोड भएको छ । पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको राईनो जिपमा अज्ञात समूहले ढुङ्गा प्रहार गरी तोडफोड गरेको बताइएको छ । इलाका प्रहरी कार्यालय दमकबाट करिब पांचसय मिटर पश्चिम सगरमाथा पेट्रोलपम्प छेउमा भएको उक्त घटनामा गाडीको अगाडिको सिसा पूर्ण रूपले क्षति भएको छ ।

कोसी पारिबाट विवाहमा सहभागी भएर आउँदै थियौ घर आई पुग्न करिब दुई सय मिटर मात्र वाँकी थियो एककासी गाडीमा ढुङ्गा बर्सियो सवारी धनी सुरेन्द्र बस्नेतले भन्नुभयो । नेकपा विप्लव समूहले बन्द आव्हान गरेकै दिन चोक छेउमै यसरी तोडफोड हुनु दमकको सुरक्षा व्यवस्था फितलो रहेको सर्वसाधारणले बताएका छन् ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन ३०, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology