जालपाको सालघारी सामुदायिक वनमा डढेलो, नियन्त्रण लिन कठिनाई

फाईल तस्विर

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित सालघारी सामुदायीक वनमा डढेलो सुरु भएको छ । सामुदायीक वनमा बुधबार दिउँसोदेखि भिषण डढेलो सुरु भएको हो । हावा हुरी चलेको समयमा वनमा डढेलो सुरु भएकाले नियन्त्रणमा लिन कठिन भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष विकास राईले बताए ।

वनमा लागेको डढेलो नियन्त्रणमा लागि प्रहरीचौकी जालपाबाट प्रहरी समेत खटिएका छन् । डढेलोले सामुदायीक वन सखाप भए पनि बस्ती जोखिममा नरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएपी राजकुमार केसीले बताए । वनमा डढेलो लाग्नुको कारण खुल्न सकेको छैन ।