सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

विप्लव समूहलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति कांग्रेस सभापति देउवाको समर्थन



विप्लव समूहलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति कांग्रेस सभापति देउवाको समर्थन फाईल तस्विर

विराटनगर – नेपाली कांग्रेस्र सभापति शेरबहादुर देउवाले विप्लव समूहलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयको समर्थन गरेका छन् । हिंसात्मक गतिविधि गर्ने अब विप्लव समूहलाई कानुन अनुसार कारवाही गर्नुपर्ने उनले बताए ।

विराटनगरमा संचारकर्मीसंग कुरा गर्दै सभापति देउवाले देशमा अराजकता फैलाउने चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको कार्य सकारात्मक रहेको बताए ।

मन्त्रिपरिषदको मंगलबारको बैठकले विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

उनले सर्वोच्च अदालतबाट टीकापुर घटनाका दोषी रेशम चौधरीलाई सजाय हुनु निहत्था मृत्यु भएका जनताले न्याय पाएको बताउँदै वार्ताका लागि भनेर प्रहरीलाई हतियारबिना आउन आह्वान गरी प्रहरी र बालकको हत्या गर्नु अपराधी क्रियाकलाप भएको धारणा व्यक्त गरे ।

साथै नेपाल एयरलाइन्सले खरीद गरेको वाइड बडी एयर बसमा भ्रष्टाचार भएको सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग समयको अभावका कारण छलफल गर्न नसेकको बताउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस सम्बन्धमा छानबिन सत्यतथ्य जनतासमक्ष ल्याउनुपर्नेमा उनले जोड दिए ।

सभापति देउवाले सिके राउतलाई मुलधारमा ल्याउने सरकारको निर्णय ठीक भएपनि जनमत संग्रह गर्ने सम्बन्धी सहमति भने गलत भएको टिप्पणी गरे । सिके राउतका कार्यकर्ताले विखण्डनको नारा लगाउने कार्य नियन्त्रण गर्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २९, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology