सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

कक्षा १२ का सबै संकायको भोलीको परीक्षा स्थगित



कक्षा १२ का सबै संकायको भोलीको परीक्षा स्थगित

काठमाडौ – उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ (हिसान)ले सञ्चालन गरिरहेको भोली फागुन ३० गतेको प्रि–बोर्ड परीक्षा सरेको छ । भोलि मिति २०७५ साल फागुन ३० गते हुने तय भएको अनिवार्य नेपाली विषयको परीक्षा चैत्र ८ गतेका लागि सरेको सूचना आएको छ ।

हिसानले परीक्षा प्राबिधिक कारणले स्थगित भएको जनाएको छ । सूचनामा अरु विषयको परीक्षा पूर्व सूचनामा नै यथावत समयमा सञ्चालित हुने जनाएको छ । हिसानले यही फागुन २२ गतेदेखि प्रि–बोर्ड परीक्षाको रुपमा कक्षा ११ र १२ को परीक्षा लिइरहेको छ ।

हिसानले बार्षिक रुपमा ११ र १२ को परीक्षा संचालन गर्दै आएको छ । उक्त तालिका तल अपलोड गरिएको छ ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २९, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology