यी मोडलले २४ करोडमा एक नेतालाई किन बेचिन आफ्नो कुमारित्व ?

काठमाडौं – पछिल्ला दिनहरुमा मानिस चर्चामा आउँनको लागि अनेक काम गर्ने गर्दछन् । यस्तैं, अजरबैजानकी २३ वर्षीय मोडल महबुबा ममाद्जादाले आफ्नो कुमारित्व तोडेबापत् २.२ मिलियन डलर (२४ करोड रुपैयाँ) पाउने भएकी हुन् ।

उनको कुमारित्व एक जापानी नेताले किनेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यी मोडलले गत वर्ष आफ्नो कुमारित्व लिलामीमा राखेको घोषणा गरेपछि चर्चामा छाएकी थिइन् ।

उनको कुमारित्वको लिलामी जापानी नेताले जितेको बताइएको छ । लण्डनका वकिल र जर्मनका फुटबल खेलाडी क्रमश, दोस्रो र तेस्रो स्थानमा आएको उल्लेख गरिएको छ । जर्मनको सिन्ड्रेला एस्कर्ट एजेन्सीले यी दुईबीच कुरा मिलाइदिएको थियो । उनीहरुले यसबाट २० प्रतिशत लैजाने बताइएको छ । जापानका नेताले महबुबा मम्माद्जादालाई जर्मनीमा भेट्नेछन् । तपाईलाई जानकारी गराउँ जर्मनीमा देहव्यापार वैध छ । महबुबा ‘कुमारी’ भए, नभएको डाक्टरले पहिले परीक्षण गर्नेछन् ।

साथै, जापानी नेताले जर्मनका डाक्टरलाई पनि महबुबाको कुमारीत्व परीक्षण गर्न आग्रह गर्न सक्छन् । उनले महबुबासँग रात बिताउन १० प्रतिशत भुक्तानी गरिसकेको बताइएको छ । एजेन्सीमा मारिया नाम राखेकी महबुबाले आफ्नो आमाको रेखदेखका लागि कुमारीत्व लिलामीमा राखेको बताएकी छिन् । ‘म आफ्नो कुमारीत्व सिन्ड्रेला एस्कर्टमार्फत् बेच्दैछु किनभने म र मेरी आमालाई अहिले घरको आवश्यकता छ ।

म आफ्नी आमासँग विश्व भ्रमण गर्न चाहन्छु,’ उनको भनाई उद्धृत गर्दै डेली स्टारले बताएको छ । ‘म अमेरिकामा बस्न चाहन्छु र त्यहाँ आफ्नो मोडलिङ करियरलाई निरन्तरता दिन चाहन्छु । मलाई कुकुरहरु मनपर्छ, आफ्नो देशमा उनीहरुका लागि सेल्टर खोल्न चाहन्छु । अहिलेसम्म आमाले मेरो लागि धेरै कुरा गर्नुभयो, अब मेरो पालो छ ।’ मैले मोडलिङमार्फत् राम्रै पैसा कमाइरहेकी छु । यति छोटो समयमा यत्रो रकम कमाउनु भनेको सपना साकार भए जस्तैं भनेकी छिन् । एजेन्सी