कथा: प्रपोज गर्न नसकेकी केटी

आफ्नै तरिकाले म्युजिकको रमाईलोमा बसेको म एक्कासी कानबाट इअरफोन निकाल्दा उदास लाग्दो गितको धुनसँग गुनगुनाई रहेका गाएकको आवाज सुने । म बसेको कोठाको वरीपरी सबैजसो गाएकहरु नै बस्ने थिए, जो उज्यालो हुँदाबाट साँझसम्म रियाजमा नै बिताउने गर्थे । कोहि लोक गाएक त केहि आधुनिक सँधै झै फरक फरक किसिमको गितहरु सुन्ने मौका पाई नै रहिन्थ्यो ।
मेरो कोठाको झ्यालबाट देखिने अर्को दृष्यको रौनक नै फरक हुने, त्यतिनै बेला मैले खोलेको मेरो पर्दा कुनै फिल्म हलको पर्दा भन्दा कमि थिएन, गज्जबका केटिहरुको जमात फरक फरक किसिमका साडिमा सजिएका ति ठिटिहरु मुख चुच्चो पारीपारी सेल्फि खिच्दै थिए । उनिहरु म बसेको ठिक पल्लो घरमा बस्थे मेरो आमन्ने सामन्ने, सायद सनिबारको दिन भएर उनिहरुका अरु साथि हरुपनि आएका थिय होलान त्यै मध्यकि एउटि कर्लि कपालवालीको आईफोन रहेछ जसको पछाडिको लोगो घरीघरी म पट्टि फर्कदा टल्किरहेको थियो चम्किालो उज्यालो सिशा जस्तै ।

एकापट्टि आँखाको लागि दृश्यावलोकन अर्कापट्टि गितको मिठो भाका, म ति केटिहरु तिरको ध्यानमा भईरहेको बेला गित पनि परिवर्तन भइसकोको रहेछ त्यसबेला त हार्मोनियमको मिठो धुनमा दाई “म मरेको पल तिमि डोलि चढनु” बोलको गित गाँउदै हुनुहुँदो रहेछ, अनायासै मेरो ध्यान त्यता पटि मोडियो । आफुलाई मन पर्ने गित भएरै होला ध्यान दिएरै सुनेँ गित सक्किए लगत्ते सँधै झै चिया खाने बाहानामा केटाहरुको जम्मा हुने, गफ हाँक्ने जि एण्ड जि क्याफेतिर लागेँ ।
सँधैजसो सायदै मै फस्ट हुन्थे होला चिया खाने थलोमा तर आज भने अन्य रौनकले म निकै ढिलो पुगेँ जहाँ कोहि कोहिले २ कप चिया हानिसकेका थिए । हाई हेल्लो सँगै बिबेकले सोधि हाल्यो छम्माहरुलाइ हेर्दै ढिलो गरेजस्तो छ आज केटो, म ओईलाएको साग जस्तै गरी हेरेँ उसैको मुखमा र लजाउदैँ हैन मुला भनेर उत्तर फर्काईदिएँ । मैले ति सबै साथिहरुलाई मेरो पल्लो घरमा बस्ने केटिहरुको बारेमा पहिला नै भनिसकेको थिएँ र मनमनै सोचेँ आजको कहानि यिनिहरु लाई सुनायो भने बाहाना बनाएर मेरो कोठामा आँखाको स्वाद मेटाउन जाँन पनि बेर मान्दैनन् र बास्तबमा मैले सोचे अनुसार नगर्लान भन्ने पनि थिएन । प्राय जसो केटि भनेपछि मरिहत्ते गर्ने खालका नै थिए मेरा साथिहरु ।

सँधैको सनिबार कता न कता गेट टोगेदर गरेरै बिताइन्थ्यो ति नै साथिहरुसँग, आफ्नै पाराका गित गाँउने, लोकल रक्सिसँग कतै टाढा गएर लोकल कुखुरा खाने नै बन्थ्यो अन्तमा प्लान, त्यत्तिकैका सोहि दिन शनिबारको प्लान बन्न सुरु भयो र निष्कर्ष पनि निस्कियो आज भने सिकालि मन्दिरको नजिकै छयाङ र लोकल हाँसको मासु खाने सल्लाहा भयो र हामि त्यतैतिर लाग्यौँ, धेरैजसो बाईक भएका भएको करणले हामिलाई जत्ति टाढा जानुपरे पनि गाह्रो महशुस हुने थिएन, र रमाईलो पनि उत्तिकै नै गर्ने ग-थ्यौँ । हामि बिचमा बिभिन्न किसिमका कला भएका ब्याक्तिको कमि थिएन । बास्तबिकता त्यो थिएन ताकि हामि वाईल्ड खाने पनि थिएनौँ कहिल्यै पनि, ठिक्क खाने ठिक्कमा रमाउने !

हामि गएको होटलमा पनि अर्को खालको रमाईलो सुरु भयो, होटलका साहुजि सबैजसो नेताको क्यारीकेचर गर्नमा खप्पिस रहेछन, हामिसँग केहि बेरमा नै घुलमिल भईहाले र अझ सुनमा सुगन्ध थप्न थाले धेरैको क्यारिकेचर गरेर….केटाहरुलाई मस्ति दिए वेला र हाँसको छोएला सँगै । मेरो ध्यान साथिहरुसँगको रमाईलोमा भन्दा अलि फरक थियो, त्यै होटलवालाकि छोरी, बर्णन गरेर साध्य नभाकि उनको चार्मिङ गोरो अनुहार मिठो बोलि, मिलेको शरीर त्यसमा टिमिक्क परेको कुर्ता र सेतो हाफपाईन्टमा सजिएकि कुनै एउटा सुन्दर खैरेनि भन्दा कम पनि थिईन उ । बिभिन्न बाहानामा म उसलाई नियालिरहेको थिएँ एउटा सिंहले जंगलमा सिकारका लागि नियाले रहे जस्तो गरेर । सायदै त्यस दिन अरु कोहि पनि मेरा साथिले कुनै पनि खानेकुरा अर्डर गर्ने मौका समेत पाएनन होला, मैले नै रिजर्भ गरेजस्तो । मेरा साथिहरुले पनि सुईको पाईसकोका थिए घरिघरि त आँखाको ईसाराले जिस्क्याउदै पनि थिए ।

उ जुन कुरा सोध्नु परेपनि सर भनेर बोलाउथि जतिबेला पनि हँसिलो अनुहार नम्र बोलिले मलाई लठ्ठै बनाईसकेकि थिइः मच्छड धुपमा मच्छड लट्टिए सरि । म पनि अलि नजिक भएको महशुस गर्दै थिँएँ र मैले पनि तँपाँइ बाट तिमिमा झारीसकेको थिएँ, अब बिस्तारै मन त्यै केटितिर पग्लिन थालिसकेको थियो, मनमनै सपना हरु पनि बुन्न थालिसकेको थिँए जिवनका मिठा मिठा आनन्दका क्षणहरु त्यो पनि ति नै हँसिलि सँग ।

करिब साँझको पाँच बजिसकेको रहेछ, सुरज बकबकाउदै थियो आज चाहिँ आमाको दह्रो गालि खाईने भैयो भनेर त्यसमा अर्कोले पनि थप्दै थियो चेकिङमा परिन्छः म भने कसरी उनि सँगै लामो समय यसरी नै मिठो गफमा भुलौँ भईरहेको थिएँ । मैले बाठो बनेर सोधिहाले बिल चाँहि कति भएछ ? उसले हिसाब गरेरै बसेकि रैछे बोलिहालि थ्रि थाउजेन्ट टु हन्ड्रड सेबेन्टि उनको अंग्रेजि स्पिकिङ स्टाईल सुनेर अझै बढि फिदा भएँ र सोच्न बाध्य भएँ इनले राम्रै शिक्षा पाकि हुँदिहो त्यससँगै सोच्दै थिँए ुहामि दुई जना उस्तै पढाईका भए अझ मन मिल्थ्यो होला । सबै जना आफ्नै तालमा थिए म भने जिन्दगिको महल मनमनै बनाईरहेको थिएँ त्यै सुन्दरीसँग । बाटोमा सँधै दिक्क लाग्ने गाडिको हर्नको आवाज, धुलो, कच्चि बाटो आज मेरो लागि केहि जस्तो थिएन, साथिहरु पनि आ–आफ्नो तालमा थिए, म अझ धेरै सपनाका संशार बुन्दै थिएँ ।

राति अबेरसम्म दिनभरिका झझल्को हरु सोचिरहेँ निद्रा परेन, म मा अझ क्रेजिपना बढदै थियो, मैले उसलाई मोवाईल नम्बर मागेको भए, या मेरो दिएको भए आहा कत्ति कुरा गरीन्थ्यो होला आदि ईत्यादि । त्यस रात मैले उसको होटलमा फेरी गएर अझै बोल्ने सपना देख्नुभन्दा बिकल्प केहि थिएन, र मनमनै भोलिपल्ट एक्लै जाने पलवाल मिलाईसकेको थिएँ आफ्नै मनमा ।
शनिबार, आईतबार बिदा भएको म आईतबार बिहानै उठेर सफाचट भएँ नयाँ जिन्सको पाईन्ट, फिटिङ टि शर्ट, धोएर राखेको कन्भर्स भर्खर जिम जान थालेको म पनि खासै कम थिँइनँ । कम्तिमा ५ चोटि त ऐना हेरेँ अनि आँफै सोच्दै थिँएँ उ भन्दा राम्रो नभए पनि उस्का लागि त अब फिट भएँ । आँफैमा अलि जिद्घि किसिमको स्वभाव आएको थियो मलाई । कोहि पनि साथिलाइृ खबर नगरी होटलतिर लागेँ, होटलको बाहिर बाईक राख्न नपाँउदै नमस्ते सर भनिहालि उसले…. कत्तिन उसलाई मैले पढाएर साँच्चिकै सरलाई गरेको नमस्कार जस्तो मूलायम भाषा थियो उसको । सायद मलाई देखेरै होला उ पनि बाहिर पट्टि आकि थिइ, नमस्ते फर्काउदै छिटो छिटो म पनि उसको छेवैमा पुगेँ ।
आफुले आँफैलाई गर्ब ठानिरहेको थिएँ फेरी उसलाई भेटन पाउँदा । होटलको भित्र चकमन्न थियो केहि गेष्टहरु पनि थिएनन्, मनमनै अझ हर्सित भएँ । उ पनि मलाई देख्न पाएर खुसि भएको जस्तो अनुभूति मैले गरेको थिएँ ।
मैले अलिबेर कुनै पनि प्रश्न सोध्ने आँट गरीन एक्कासि ड्याडी चाहि खोई ? भनेर सोध्न नपाई हाँस्दै जबाफ दि हालि ड्याडिको कमेडि सुन्न मन लाग्या हो? आज भक्तपुर जानुभा छ… हिजोको भन्दा अझ खुलेर कुरा गरीराथी उ, मैले पनि बहुत साईत जुरेजस्तो ठाने र धेरै प्रश्नहरु गरेँ जागिरका लागि ईन्टरभ्यु लेको भन्दा चर्को गरी । उनको नाम रिया रहेछ रिया श्रेष्ठ बाउनकि छोरीको भन्दा राम्रो सोभाव भएकि रिया अब मेरो दिलमा सजिईसकेकि थिई, त्यै दिनमा जिन्दगिका धेरै कुरा सेयरीङ ग¥यौँ हामि दुबैले । मैले खाएको हाँसको छोएला बाराको स्वाद पनि मैले थाहा पाइन त्यो दिन, मेरो भएभरको स्वादजति उनको कुराप्रति नै थियो । मोवाईल नंम्बर बाँडने सम्म काम गरीयो दोश्रो दिन, नम्बर माग्ने आँट मैलेजै गरेँ त्यसपछि अलि चर्को तबरले भनेकि थिइ मैले कसैलाई मेरो पर्शनल नम्बर देको छैन मिस युज नहोस…. म पनि के कम चिप्लो घस्दै हुन्छ हजुर भनिहालेँ । कति चङख साँच्चिकै फ्लड गर्छन भनेर होला मिसकल गर्न लाई र तुरुन्त मेरो नम्बर सेभ गरी । त्यसपछि म अझ धेरै सपनाको संशारहरु बुन्दै घरतिर लागेँ त्यस दिन त मैले हनिमून सम्मको सपना बनाईसकेको थिएँ आफ्नै मनभित्र ।

दिनहरु बित्दै गए कुराहरु पनि झन धेरै हुँदै गयो उनलाई राति कथाहरु सुन्न मन प-थ्यो, म पनि राति कथा सुनाउनलाई दिउसो केहि समय ईन्टरनेटमा खोजेर कपि गर्थेँ । मेरो उसको होटलमा जाने क्रम पनि अझै धेरै थियो टाढा पनि थिएन अब म त रेगुलर ग्राहक भएकोले उसका बुवाले पन खुब मान्न थालिसकेका थिए । उसको त कुरै छाडौँ मलाई फ्रिमा धेरै कुरा खुवाउन थालिसकेकि थिई । म त आफ्नै कोठासँगको दाईले गाएका गितहरु पल्लो घरमा बस्ने केटिहरुको पर्तिकला बिर्सन थालिसकेको थिँए त्यै रियाको यादमा बित्ने गर्थे दिनहरु र रातहरु… उसको होटल बाहिर पनि ३ चोटि भेट्यौँ हामिले उसको फेबरेट बर्गर थियो बर्गर ख्वाउन जावलाखेलको द बेकरी क्याफेमा लगेको गरेको थिँए । यसरी अकाल्पनिक भेटले सम्बन्धमा अझ मिठास प्रकट गर्दै थियो मेरो मनमा, परम्परागत सोंच भएकि मेरी आमालाई जातिय कुराको किचलो बाटपनि मनमनै मैले कन्भिन्स गरीसकेको थिँए ।

जतिबेला पनि खबर नगरी सुटुक्क पुग्ने म एकदिन दिँउसो २ बजेतिर उसको होटलमा गएको थिँए, हाम्रो यात्रा करिब २ महिना पुरानो भईसकेको थियो, त्यस दिन प्रपोज गर्ने मनासयले गुलाबको फुल साथमा बिभिन्न रंग प्रयोग गरेको आफ्नै हातले तयार गरेको प्रपोज लेटर बोकेर प्रपोज गर्न हिँडेको म सँधै पार्किङ गर्ने ठाँउभन्दा अलि भिन्न ठाँउमा पार्क गरेँ, मन अलि गह्रौँ भएर आएको थियो कतै म हुनुपर्ने समयभन्दा अघि त हुन खोजिरहेको छैन? यस्ता प्रश्नहरु खेलिरहेका थिए मेरो मनमा, हुनत म नै उसका लागि स्विटेवल हुँ भने के था उसले भन्ने बित्तिकै असेप्ट पनि गर्न सक्छे भनेर लामो लामो पाईला गरेँ । जब म होटलको गेटबाट भित्र छिरेँ उ त अरुनै कोहिको अंगालेमा बाँधिएर बसिरहेकि थिईँ, म निकै ठुलो छाँगोबाट तलतिर खसिरहेकोे जस्तो अनुभव भयो मलाई, कतै नहेरी फरक्क फर्केर हिँेडे आफ्नो गन्तब्य तर्फ । म सँग उसको केहि छैन, भएको फोन नंंम्बर पनि डिलिट गर्दिएँ त्यहि दिन, बस म सँग बाँकि त्यहि गुलाबको फुल फ्रेम गरेर राखेको छु जुन मैले उसैका लागि किनेर ल्याएको थिएँ र अनगिन्ति असमर्थ मायाँका यादहरु ।

लेखक : झनक कार्की
राखाबाङदेल १, ऐसेलुखर्क, खोटाङ
हाल भैंसेपाटी, ललितपुर