दिक्तेल बहुमुखी क्याम्पसद्वारा स्नातकोतर प्रथम सेमिष्टारको परिक्षा आवेदन खुला

खोटाङ – दिक्तेल बहुमुखी क्याम्पस खोटाङले स्नातकोतर प्रथम सेमिष्टारको प्रवेश परिक्षाको परिक्षा आवेदन खुला गरेको छ ।

क्याम्पसले आर्थिक वर्ष २०७५/०७६ का लागि सेमिष्टार प्रणालीमा आधारित शिक्षा शास्त्रतर्फ एम.एड. (नेपाली र इपिएम) मानविकी तथा समाजशास्त्र संकायतर्फ एम.ए. (नेपाली र समाजशास्त्र) को प्रथम सेमिष्टारका लागि परिक्षा आवेदन खुला गरेको हो ।

स्नातकोतर प्रथम सेमिष्टारको प्रवेश परिक्षाको परिक्षा आवेदन यहि माघ ९ गते भीत्रमा फारम भरिसक्ने गरि आवेदन खुला गरिएको क्याम्पसले जानकारी दिएको छ । क्याक्पसले प्रवेश परिक्षा भने माघ १९ गते लिने भएको छ ।