पुस १६ गते मेलमिलाप दिवस मनाउन ७७ जिल्लामै काँग्रेसका केन्द्रीय प्रतिनिधि

काँग्रेसले पुस १६ गते ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।

२०३३ साल पौष १६ गते विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र अन्य शीर्ष नेताहरु आठ वर्ष लामो निर्वाशन अन्त्य गरी स्वदेश फर्किएको दिनलाई काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रुपमा मनाउँदै आएको छ ।

त्यसलाई निरन्तरता दिदै काँग्रेसले यो बर्ष दिवस प्रभावकारी रुपमा मनाउन केन्द्रीय प्रतिनिधि तोकेको हो । यसअवसरमा आमसभा, गोष्ठी, ¥याली, कोणसभा लगायतका कार्यक्रम गर्न काँग्रेसले केन्द्रीय प्रतिनिधिलाई खटाएको हो ।