बुधबार, अशोज १, २०७६
Prabhav News

लामखुट्टे भगाउन बालेको आगो सल्किका २ घर जलेर पुर्ण रुपमा नष्ट



लामखुट्टे भगाउन बालेको आगो सल्किका २ घर जलेर पुर्ण रुपमा नष्ट

सिरहा, पुस ७ – सिरहाको मिर्चैया नगरपालिका बडा नं. १२ सिक्रौनमा आगलागि हुँदा दश लाख बराबरको क्षति भएको छ । स्थानिय कुलेश्बर यादबले लामखुट्टे भगाउन बालेको आगो सल्किएर गएराति आगलागी हुँदा दश लाख मोलबराबरको क्षति भएको छ । आगलागीमा यादबको २ बटा फुसको घर जलेर पुर्ण रुपमा खरानी भएको छ भने एउटा घरमा आंशिक क्षति भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले बताए ।
आगलागिमा परी घरमा रहेको अन्नपात, लताकपडा जलेर नष्ट भएको पिडित यादबले बताए । आगलागीमा दुई बटा भैसी र एउटा गोरु जलेर मरेका छन् । शुक्रबार राति करीब १० बजेमा आगो लागेपछि बारुण यन्त्रलाई खबर गर्दा पनि नआएको स्थानियहरुले आरोप लगाएका छन् । यता, नगरपालिकाका मेयर श्रबण कुमार यादबले खबर पाउँने बितिकै बारुण यन्त्र पठाएपनि आधा बाटोमा जाँदै गर्दा आगो नियन्त्रणमा आएको जानकारी पाएपछि फिर्ता भएको बताए ।
मेयर यादबले पिडित परिवारलाई तत्काल खाना, लताकपडा र त्रिपालको ब्यबस्था गर्ने बताएका छन् । आगलागीले पिडित परिबार घरबार बिहिनको अबस्थमा पुगेको र पशु चौपाया समेत मरेकोले यस बिषयमा बैठक बसेर निर्णय गर्ने समेत उनले बताए ।

प्रकाशित मिति : शनिबार, पुस ७, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology