बुधबार, अशोज १, २०७६
Prabhav News

अपहरण गरी किशोरी बलात्कार गर्ने युवक पक्राउ

  • प्रदेश २
  • प्रकाशित मिति : शुक्रबार, पुस ६, २०७५


अपहरण गरी  किशोरी बलात्कार गर्ने युवक पक्राउ

सप्तरी,पौष ६ –१५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ४ मधवापुरका २० वर्षीय प्रवीणकुमार यादवलाई प्ररहीले किशोरी अपहरण गरी बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो ।

गएको मङ्सिर २५ गते गाउँघरबाटै यादवले किशोरीलाई ललाइफकाई अपहरण गरी सुनसरीको इटहरी पुर्‍याएर बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए । त्यही उजुरीका आधारमा यादव पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले यादवविरुद्ध जबरर्जस्ती करणीको उजुरी दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, पुस ६, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology