सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

बलात्कारको आरोपमा दुई जनालाई सजाय

  • प्रभाब न्युज
  • प्रदेश २
  • प्रकाशित मिति : शुक्रबार, मंसिर २१, २०७५


बलात्कारको आरोपमा दुई जनालाई सजाय

सप्तरीमा २५ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालतले दुई जनालाई साढे तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलाशले सप्तरीको विष्णुपुर गाउँपालिका– ५ का ३५ वर्षीय जिवछ राम र वडा नं ३ का ३० वर्षीय इसराइल मियाँलाई साढे तीन वर्ष कैद सजायको फैसला गरेको अदालतले जनाएको छ ।  गाउँकै एक विवाह समारोहबाट घर
फर्किरहेकी महिलालाई राति नियन्त्रणमा लिई गहुँ खेतमा लगेर बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले  उजुरी दर्ता गरेको थियो । आरोपितमाथि दायर भएको बलात्कारको मुद्दा पुष्टि हुन नसकेपछि सो मुद्दा जबर्जस्ती करणी उद्योगमा परिणत भएको अदालतले जनाएको छ । जिल्ला अदालतका स्रेस्तेदार दीलकुमार बर्देवाका अनुसार सामूहिकरुपमा बलात्कार प्रयास गरेको आरोपमा उनीहरुलाई साढे तीन वर्ष कैदको सजाय गरिएको हो ।

प्रकाशित मिति : शुक्रबार, मंसिर २१, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology