बुधबार, अशोज १, २०७६
Prabhav News

दोषीलाई कार्वाहीको माग गर्दै आज देखी अनिश्चितकालीन धर्नामा बसे निर्मलाको परिवार

  • प्रदेश ५
  • प्रकाशित मिति : आइतवार, कार्तिक २५, २०७५


दोषीलाई कार्वाहीको माग गर्दै आज देखी अनिश्चितकालीन धर्नामा बसे निर्मलाको परिवार

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका अभिभावकले आइतबारदेखि धर्ना सुरु गर्ने भएका छन् । छोरीको हत्या भएको १ सय ९ दिन हुँदा पनि दोषीलाई कार्वाही नभएकाले दोषीलाई कार्वाहीको माग गर्दै निर्मलाका परिवारले अनिश्चितकालीन धर्ना बस्ने निर्णय गरेको हो ।

आइतबार बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको कार्यालय अगाडि धर्ना बस्ने निर्मलाका बुबा यज्ञराज पन्तले बताउनुभयो । निर्मलाको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धान गर्न धेरैवटा समिति बनाइए पनि प्रभावकारी छानविन हुन नसकेको र सबैले थामथुम बनाउने कोसिस मात्र गरेको निर्मलाका अभिभावक र अधिकारकर्मीको भनाई छ ।

घटनाको अनुसन्धानका क्रममा पछिल्लोपटक चारजनाको डीएनए परीक्षणका लागि पठाइएको छ । घटनाको प्रमाण जुटाउन दोषी पाइएका दुईजना प्रहरी अधिकारीलाई बर्खास्त गरिएको छ ।

प्रकाशित मिति : आइतवार, कार्तिक २५, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology