सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

पिसाब गर्दा टर्च बालेको निहुमा झगडा, चक्कु प्रहारबाट एकजनाको मृत्यु

  • प्रभाब न्युज
  • प्रदेश ५
  • प्रकाशित मिति : शनिबार, कार्तिक २४, २०७५


पिसाब गर्दा टर्च बालेको निहुमा झगडा, चक्कु प्रहारबाट एकजनाको मृत्यु

बाँकेको गाभरमा चक्कु प्रहार गरेर एकजनाको हत्या भएको छ । राप्ति सोनारी गाउँपालिका–१ गाभरमा शुक्रबार बेलुका सामान्य विषयमा भएको विवादको क्रममा दुई व्यक्तिले चक्कु प्रहार गर्दा स्थानीय २१ वर्षका हरिप्रसाद बुढा मगरको ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

बेलुका साढे ८ बजेतिर स्थानीय होटलमा खाना खाँदै गरेका बुढा मगर पिसाब गर्न होटलबाट बाहिर गएका थिए । त्यहि क्रममा स्थानीय चिन्तन शाह र चन्द्रकिरण शाहले टर्च लाइट बालेपछि विवाद सुरु भएको थियो ।

पिसाब गरिरहेका बेला टर्च बालेको भन्दै हरिप्रसाद झगडा गर्न गएका थिए । सामान्य विषयको झगडाले उग्र रुप लिँदा चिन्तन र चन्द्रकिरणले हरिप्रसादमाथि चक्कु प्रहार गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका हरिप्रसादलाई उपचारका लागि कोलपुर मेडिकल कलेज लैजाने क्रममा ज्यान गएको हो । घटना लगत्तै फरार भएका चिन्तन र चन्द्रकिरणको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

देशसञ्चार डटकम

प्रकाशित मिति : शनिबार, कार्तिक २४, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology