मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

दिप्रुङ-चुईचुम्मा गाउँपालिकाद्धारा सात नमूना विद्यालयलाई कम्प्यूटर हस्तान्तरण



दिप्रुङ-चुईचुम्मा गाउँपालिकाद्धारा सात नमूना विद्यालयलाई कम्प्यूटर हस्तान्तरण

उत्तम चौलागाँई
खोटाङ, भदौ २३ । विद्यार्थीलाई कम्प्युटर शिक्षामा अव्वल बनाउँका लागि विद्यालयलाई कम्प्यूटर हस्तान्तरण गरिएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका खोटाङले गाउँपालिकाभीत्र रहेका विद्यालयमध्येका नमूना विद्यालयलाई कम्प्यूटर हस्तान्तरण गरेको हो ।

गाउँपालिकाद्धारा ओख्रेडाँडागाँउमा सनिवार आयोजित ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ अन्तराष्ट्र्रिय साक्षरता दिवसको अवशरमा गाउँपालिकाभीत्र रहेका ४९ विद्यालयमध्ये सातवटा विद्यालयलाई नमूना विद्यालय छनौट गरेर प्रति विद्यालय १० वटाका दरले कम्प्यूटर सेट बितरण गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले जानकारी दिए ।

वडा नम्बर–१ याम्खाको महेन्द्रोदय मावि, वडा नम्बर–२ डाँडागाँउको महेन्द्रोदय मावि ओख्रे, वडा नम्बर–३ शान्ति मावि छोरम्बु, वडा नम्बर–४ पन्चकौशिका आधारभूत विद्यालय भण्डारेघाट बतासे, वडा नम्बर–५ सरस्वति मावि डाँडाखर्क स–छितापोखरीलाई कम्प्यूटर बितरण गरिएको हो । यस्तै, वडा नम्बर–६को धिप्लुङ मावि सेम्मा छितापोखरी र वडा नम्बर–७ को कृष्ण मावि टेम्मालाई छनौट गरेर कम्प्यूटर हस्तान्तरण गरिएको राईको भनाई छ ।

राईका अनुशार, “विद्यालय कम्प्यूटरसंगै कम्प्यूटर शिक्षा प्रदान गर्न आजको माग अनुशार विद्यार्थीलाई सूचना प्रविधिमा अव्वल बनाउँनका लागि गत आर्थिक वर्ष २०७४/७५ को ५५ लाख रुपैंया वजेटबाट विद्यालयलाई ७० वटा कम्प्यूटर बितरण गरिएको र बाँकी प्रत्येक वडालाई १/१ वटा कम्प्यूटर र प्रिन्टरको व्यवस्था गरिएको छ ।”

गाउँपालिकाको शिक्षा समितिका संयोजक तथा पालिका प्रमुख राईको संयोजतकत्वमा गत भदौ ११ गते बसेको बैठकको निर्णअनुसार सफा सुन्दरसंगै उत्कृष्ट विद्यालय र अनुशासित शिक्षक रहेको, विद्यालय भौतिक पूर्वाधार चुस्तदुरुस्त भएको, शिक्षक दरबन्दी पूरारुपमा रहेको, विद्यार्थी संख्या पूरा रहेको र उत्कृष्ट र क्षमतावान विद्यार्थी भएको मापदण्डका आधारमा उक्त विद्यालयलाई नमूना विद्यालय घोषणा गरेर कम्प्यूटर वितरण गरिएको शिक्षा संयोजक तथा महेन्द्रोदय मावि ओख्रेडाँडागाउँका स्रोत केन्द्रका स्रोत व्यक्ति तुलसीकुमार खड्काकाले जानकारी दिए ।
कक्षा ६ र ८ मा अनिवार्य कम्प्यूटर शिक्षा रहेको कम्प्यूटरको प्रयोगात्मक शिक्षा प्रदान गर्दै कम्प्यूटर शिक्षक उत्पादन तथा सवै बिद्यार्थीहरुलाई कम्प्यूटरको आधारभूत ज्ञान दिनका लागि कम्प्यूटर वितरण गरिएको खड्काको भनाई छ ।

गाउँपालिकामा आधारभूत बिद्यालय ६, प्रावि ३, र मावि १३ गरि ४९ विद्यालय रहेका छन् । आर्थिक वर्ष २०७५/०७६ मा पनि उक्त कार्यलाई निरन्तरता दिईने बताईएको छ ।

क्याप्सन : विद्यालयलाई कम्प्यूटर हस्तान्तरण गरिदै । (दायाँतर्फ दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख भूपन्द्र राई उपप्रमुख सपना राई) बाँयातर्फ सरस्वति मावि स–छितापोखरीका शिक्षकहरु । तस्विर : उत्तम चौलागाँई

प्रकाशित मिति : शनिबार, भदौ २३, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology