सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

आफ्नी श्रीमती वडा अध्यक्षसँग बसेको देखेपछि…, वडा अध्यक्ष पक्राउ

  • प्रभाब न्युज
  • प्रदेश 4
  • प्रकाशित मिति : आइतवार, भदौ १७, २०७५


आफ्नी श्रीमती वडा अध्यक्षसँग बसेको देखेपछि…, वडा अध्यक्ष पक्राउ

बाग्लुङ भदौ १७ | बडिगाड गाउँपालिकाका एक जनप्रतिनिधि केटीको कोठाबाट पक्राउ परेका छन् । बडिगाड -७ का अध्यक्ष कृष्ण गुरुङ बुर्तिबाङ रिभरहेड, एक महिलाको कोठाबाट पक्राउ परेका छन् ।

आइतबार दिउसो महिलाकै कोठाबाट वडा अध्यक्ष र महिलालाई पक्राउ गरेको बाग्लुङका एसपी दिपक रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार श्रीमती, वडा अध्यक्षसँग बसेको श्रीमानले देखेपछि प्रहरीलाई खबर गरेको र ईलाका प्रहरी कार्यालय बुर्तिबाङको टोलीले उनीहरलाई पक्राउ गरेको बताएका छन् ।

प्रहरीले केहि समय पहिले पक्राउ गरेको भन्दै थप अनुसन्धान पछि खुल्ने रेग्मीले जानकारी दिए ।

वडाध्यक्ष त्यो पनि कार्यालय समयमा परस्त्री गमनमा भेटिनु लज्जास्पद विषय भएको स्थानियले बताए ।

प्रकाशित मिति : आइतवार, भदौ १७, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology