सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

कानुन सहज भएपछि पुरुषद्वारा सम्बन्ध विच्छेदका मुद्दा दिने क्रम बढ्दाे

  • प्रभाब न्युज
  • प्रदेश ३
  • प्रकाशित मिति : मङ्लबार, भदौ १२, २०७५


कानुन सहज भएपछि पुरुषद्वारा सम्बन्ध विच्छेदका मुद्दा दिने क्रम बढ्दाे

हेटौँडा । नयाँ मुलुकी संहिताले सम्बन्ध विच्छेदका मुद्दामा सहजता प्रदान गरेसँगै पुरुषहरुद्वारा सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराउने क्रम बढेकाे छ । जिल्ला अदालत मकवानपुरमा ११ दिनमै सातजना पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका छन् ।

यसरी सम्बन्ध विच्छेद गर्न चाहने पुरुषहरुमा अधिका‌ंशत: वैदेशिक रोजगारीमा गएर फर्केकाहरु तथा विभिन्न कारणले पत्नीसँग खटपट परेकाहरु रहेका छन्। विदेशबाट फर्केकाहरुले अाफ्नाे कमाइकाे रकम सबै श्रीमतीले अनावश्यक ढंगले खर्च गरेर सकेको, परपुरुषसँग लागेकाेलगायत अाराेप देखाउँदै मुद्दा दर्ता गराएका हुन्।

यही भदौ १ गतेदेखि लागू भएकाे मुलुकी देवानी संहिताअनुसार पुरुषले पनि सिधै अदालतमा मुद्दा दर्ता गर्न व्यवस्था गरेकाे छ । स्थानीय तहमा निवेदन दिएपछि मिलापत्र गरिने र साे हुन नसकेमा त्यहाँको सिफारिससहित अदालतमा मुद्दा दर्ता गर्नुपर्ने पुरानो कानुनी प्रावधानको अन्त्य भएकाले पुरुषबाट सीधै अदालतमा मुद्दा दर्ता गर्ने क्रम बढेकाे हाे ।

प्रकाशित मिति : मङ्लबार, भदौ १२, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology