प्रधानमन्त्री ओलीलाई खोटाङकी सांसद हिरा गुरुङले यस्तो दिईन् दनक (भिडियो सहित)

प्रभाव न्युज डटकम संवाददाता, खोटाङ । खोटाङ जिल्लाका प्रतिनिधि सभाकी सांसद हिरा गरुङले प्रधानमन्त्री केपी ओलीलाई संघियताको मजाक उडाएको आरोप लगाएकी छन् । प्रतिनिधि सभाको बैठकमा काठमाण्डौंमा बोल्दै गुरुङले देशलाई समृद्ध बनाउँने बहानामा कुखुराको अण्डादेखि चटपटेसम्ममा कर लगाएर संघीयताको मजाक उडाएको आरोप लगाईन् ।

उनले संसदमा बोल्न सुरु गर्दा नै सपथ नै नलिई (सांसदको रुपमा सपथ) प्रधानमन्त्री बनेको भन्दै प्रधानमन्त्रीको कटाक्षसमेत गरिन ।
संसदको शून्य समयमा बोल्दै नेपाली कांग्रेस समानुपातिकतर्फबाट सांसद बनेकी गुरुङले प्रधानमन्त्री रोजगार अभियान अन्तर्गत कति जनाले रोजगार पाए ? भनेर प्रश्न प्रधानमन्त्रीलाई कडा प्रश्नसमेत गरेकी छन् ।

भिडियोको लागि यहाँ क्लीक गर्नुहोस ।