बुधबार, अशोज १, २०७६
Prabhav News

कञ्चनपुरमा गोली चल्यो, १३ वर्षीय किशोरको मृत्यु, दर्जनौ घाइते

  • प्रदेश ७
  • प्रकाशित मिति : शुक्रबार, भदौ ८, २०७५


कञ्चनपुरमा  गोली चल्यो, १३ वर्षीय किशोरको मृत्यु, दर्जनौ घाइते eLdbQgu/df k|bz{g s~rgk'/sf] eLdbQgu/kflnsf–@ vf]N6Lsf !# jifL{of lgd{nf kGtsf xTof/f kQf nufpg dfu;lxt laxLaf/ k|bz{g ub}{ k|bz{gsf/L . tl:a/ M /fh]Gb|k|;fb kg]?, s~rgk'/, /f;;

कञ्चनपुर– बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको छ । प्रहरीको गोलीबाट कञ्चनपुर भीमदत्तनगरपालिका भासीका १३ वर्षीय किशोर भट्टको मृत्यु भएको हो । गोली लागेर २ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा भीमदत्त नगरपालिकाकै युवराज भट्ट र मनोज खड्का रहेका छन् ।

प्रहरीले करिव ८ राउण्ड भन्दा वढी फायर गरिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा दोषी उम्काउन खोजेको भन्दै प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाएको हो ।

निर्मला पन्तको हत्या प्रकरणमा एमाले नेता भीमबहादुर रावलले दिएको अभिव्यक्तिको बिरोध गर्दै नेपाल विद्यार्थी संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगाडि प्रदर्शन गरेको थियो । नेता रावलले कांग्रेसले निर्मला हत्याकाण्डको मुद्दालाई राजनीतिसँग जोडेर आन्दोलन गरिरहेको बताएको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति : शुक्रबार, भदौ ८, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology