‘बाँध मायाले’ को शिर्ष गीत सार्वजनिक

काठमाडौं । फिल्म ’बाँध मायाले’ को शिर्ष गीत सार्वजनिक भएको छ । यसमा अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता आर्यन अधिकारी अभिनय रहेको छ ।

असोज ५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।

सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतको एरेञ्ज उदयराज पौडेलले गरेका हुन् ।

सविर श्रेष्ठ निर्दे्शित फिल्मलाई रामहरी धिताल र विभिषिका श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ ।