झारफुक गर्ने बहानामा धामीले गरे बलात्कार ?

घोराहीः दाङको घोराही उपमहानगरपालिकामा बलात्कार अभियोगमा एकजना धामी पक्राउ परेका छन् । झारफुक गर्ने बाहानामा बलात्कार गरेको अभियोगमा एकजना धामिलाई प्रहरीले पक्राउ गरेको हो ।

आफूलाई धामी बताउँदै आएका घोराही उपमहानगरपालिका–१६ सर्राका ५५ वर्षीय प्रेमबहादुर विकले झारफुक गर्ने भन्दै एक महिलालाई बलात्कार गरेको अभियोग प्रहरीले लगाएको छ ।

आफ्नो कोठामा बोलाई साउन १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षबाट परेको उजुरीका आधारमा आरोपित विकलाई पक्राउ गरी जवरजस्ती करणी मुद्दामा अनुसन्धान सुरु गरेको दाङ प्रहरीले जानकारी दिएको छ ।

-अन्नपूर्ण