सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

खोटाङमा १३ दिनदेखि दुई वालिका वेपत्ता, खोजी कार्यका लागि सवैले सक्दो शेयर गरौं



खोटाङमा १३ दिनदेखि दुई वालिका वेपत्ता, खोजी कार्यका लागि सवैले सक्दो शेयर गरौं

खोटाङ, साउन १२ । खोटाङमा १३ दिनदेखि दुई वालिका वेपत्ता भएका छन् । खोटेहाङ गाउँपालिका वडा नम्बर–८ सिमपानीस्थित कात्तिकेकी १३ वर्षिय अनिता श्रेष्ठ र सोहि ठाउँकी १५ वर्षिय सपना तामाङ वेपत्ता भएका हुन ।
गत असार ३२ गते खाना खाएर सुतेका दुई वालिका उज्यालो हुँदा घरमा नभएको र हालसम्म पनि सम्पर्कमा नआएको परिवारीक स्रोतले जानकारी दिएको छ ।

कक्षा ३ मा अध्यनरत अनिता र कक्षा ५ मा अध्यनरत सपना वेपत्ता भएसंगै हालसम्म खोजीकार्य गरेको भएपनि कतै फेला पार्न नसकिएको सपनाकी दिदि सविना तामाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आफन्त, नरनाता सवै ठाउँमा खोजि गरिसक्यौं, कतै फेला परेनन्, कहाँ गए भन्नेनै यत्तिका समय वितिसक्दा पनि पक्ता लगाउँन सकिएन ।”

अनिता र सपना हराएदेखी नै सवैतिर खोजी गर्ने कार्य भईरहेको भएपनि हालसम्म उनिहरु सम्पर्कमा नआउँदा परिवारमा रुवावासी भएको छ ।
वालवालिकाको खोजी कार्यका लागि उदयपूरको गाईघाटमा प्रहरीलाई जानकारी गराईसकिएको र जिल्ला प्रहरी कार्यालय खोटाङमा तत्काल जानकारी गराईने सविनाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : शनिबार, साउन १२, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology